लुम्विनी मञ्च हंगकंग यौटा सुद्ध सामाजिक सँस्था हो । आजको जमानामा बिभिन्न राजनैतिक बिचारले ओतप्रोत ब्यक्तित्वहरु हुनसक्छन तर यो सँस्था राजनीतिबाट नितान्त पृथक छ । यो सँस्थाले हंगकंगमा रहेका सम्पुर्ण नेपालको पुर्व मेचीदेखी पश्चिम महाकालीसम्म उत्तर हिमालदेखी दक्षिण तराई र सम्पुर्ण जातजातिलाई समेटेको छ ।
–एम बि थापा मगर
यो सँस्थाको मुल उदेश्य भनेको हंगकंगमा वसोवास गर्दै आएको सम्पुर्ण नेपालीहरुलाई भईपरि आउने आपतकालिन अवश्थालाई टार्न साधरण गर्जो गाँठोहरु फुकाउँन अठोट र उदेश्यकासाथ सुरुमा एकिकृत भएको लुम्विनी मञ्च हंगकंग आज समाजका बिभिन्न अंगलाई समेटने राष्ट्र ममता बोलेको पृथक कार्यक्रमहरुको आयोजना गर्दै आएको र बृहत्तर उदेश्य र लगनकोसाथ अगाडि बढिरहेको कुरामा पत्रकार तथा बुद्धिजिवी बर्गहरु अकाट्य मान्दछन । त्यसै गरेर हाम्रो सँस्थाको सुरुवातदेखीकै सम्पुर्ण सदश्य एबं कार्यकर्ताहरुको मनस्थितिलाई अध्ययन गर्दै र बाहिर मोफसलबाट हमीलाई कस्तो सपोर्ट विरोध छ अध्ययन गर्दै विधानलाई परिमार्जित गर्दै लागु गर्दै अघि बढिरहेको छ । विस्वले चिन्ने शान्तिको अग्रणी गौतम बुद्ध तर विडम्वना नेपालका हुन उनि भनेर नेपाल नचिन्ने यस दुखद अवश्थामा वास्तविक कुरालाई दिगो विस्व शान्तिको नारालाई वुलन्द गर्नु मञ्चको धारणा रहेको छ । यस्को लागि मञ्चसंग आवद्ध सम्पुर्ण नेपालीको अनवरत योगदान र निरन्तरता अनि मञ्च बाहिरको भएपनि दृढ बौद्धिक, आर्थिक, नैतिक सहयोग गर्नुहुने आम नेपालीनै हाम्रो सहानुभूति र पथ प्रदर्शक हुनुहुन्छ ।
यस मञ्चलाई आत्मैबाट यसरी दिर्घकालसम्म हरेक कोणबाट शहयोग गर्दै आउनुभएको सम्पुर्ण शान्तिप्रेमी शहयोगीहरुको अभिलेख राख्ने मनसायले ओतप्रोत यो लेख लेखुन्जेल कतिपय साथीहरु सम्पर्कमा आउन सक्नुभएन कति मेरो तर्फवाट भूल भएको हुन सक्छन त्यसो भएमा म क्षमापार्थि छु र आज छुटेको कोही त्यस्ता ब्यक्तिहरु यो ऐतिहाँसिक दस्तावेजको प्रकासनपछि सम्पर्कमा आउनुभएछभने अरु माध्यमबाट भएपनि त्यो सुनौलो नाम समाजमा देखाउँने कोशिष गरिने छ । प्रवासमा एकता जरुरी छ भन्ने कुरा दुखले सिकाउँदो रहेछ ।यहा म यो लेखमा लुम्विनी मञ्च हंगकंग को जन्म किन र कसरी भयो भन्ने जानकारी गराउँन चाहन्छु ।
सन डिसेम्बर महिना २००० मा रुपन्देही जिल्ला वुटवल नगरपालिका वार्ड नं ८ घर भई हंगकंग चिमसाचोई बस्ने श्री मधु थापा मगर आफ्नै कालगतिले अचानक निधन हुनुभयो आफ्नै टोलको साथीहरुवीच चिनजान नहुँदा आपत बिपत पर्यो । सम्पर्कमा आएको साथीहरुलाई जम्मा गरी वहाँको अन्तेस्टी गरियो । त्यस्को लागि साथीहरुबाट सहयोग स्वरुप करिव हंगकंग डलर ५८,००० अन्ठाउन्न हजार जम्मा भएको थियो र त्यस मध्य वहाँको कार्यको लागि जे जति खर्च भयो बाँकि रहेको उहाँकै परिवारलाई बुझाईयो । यो कार्यको सम्पुर्ण पहल श्री दिल बहादुर थापा, सुर्य मोहन थापा, पुरन क्षत्री र किशोर क्षत्री ज्यु ले गर्नु भएको थियो । त्यसपछि पुन २००१ मा लगातारनै भनेजस्तो रुपन्देही जिल्ला शंकरनगर गा। बि। स। वार्ड नं ६ घर भई हंगकंग युनलोङ बस्नुहुने श्री हर्क बहादुर गुरुङ ज्युको पनि त्यस्तैनै अचनक निधन भयो र उहाँको लागिपनि जे जति सम्पर्कमा आएका साथीहरु जम्मा भई अन्तेस्टी गरियो । र त्यसको लागि पनि करिव ५५००० हजार हंगकंग डलर सहयोग संकलन भएको थियो र अन्तेस्टी को लागि जे जति खर्च भयो बाँकी रकम उहाँको परिवारलाई नेपाल पठाईयो ।
यो यस्तो कार्यको सम्पुर्ण पहल मञ्चको सँस्थापक अध्यक्ष श्री हेमराज थापामगर, लगायतका देव बहादुर गुरुङ र महेन्द्र केशी ज्यु ले गर्नु भएको थियो । हामीलाई ज्ञान भयो समुहले जुटेर काम गरियो भने कमसेकमपनि परिवारलाई समेत केही गर्न सकिदो रहेछ । त्यपसपछि संगठनको आवश्यक्ता चर्को गरी खट्क्यो र पकलीहवा हाई स्कुलका श्री के। बि। सर ९कृष्ण बहादुर गृरुङ० । मञ्चको सँस्थापक अध्यक्ष श्रीहेमराज थापा मगर ज्युहरुको पहलमा सम्पुर्ण लुम्विनिवासीहरु लगायत सकेसम्म अन्य नेपाली साथीभाईहरुलाई समेटने गरी उत्साहित गराउने र एकजुट गर्ने पहल भयो र मञ्चको स्थापना गर्ने क्रममा धेरै पटक वैठकहरु भएपनि २८ फेवरुवरी २००१ का दिन श्री के। बि। गुरुङ ज्यु को अध्यक्षतामा युनलोङ स्थित घडी पार्कको बुहत भेलाले सँस्थाको जन्म दियो ।
सँस्थाको नाम राख्ने सम्बन्धमा धेरै प्रस्तावहरु आएपनि सहभागी हुनु भएकँ बुद्घिजिविहरुले शान्तिको अग्रणी गौतमबुद्ध जन्मेको ठाउँलाई ईंगित गर्दै लुम्बिनी मञ्च प्रस्ताव राख्नुभयो र यसैलाई सर्वसम्मतीले पास गरियो । हामी अलि अनभिज्ञनै पनि थियौँ । तदर्थ समिति, विधान मस्यौदा समिति, क्षेत्रीय समितिहरु गठन गर्न सुरु भयो । यस्को दौरानमा वैठक बस्ने ठाउँ नपाएर खुवै दुख पाईयो कति ठाउँमा त पुलिसले पनि लखेट्यो । हामीले नेपालमा जस्तै भन्ठानेर जहाँपायो त्याहा जम्मा हुने गर्दथ्यौँ र यहापनि यसरीनै धेरै संख्यामा जम्मा हुन नदिदो रहेछ । त्यो कुरापनि त्यतिखेरै मात्र थाहा भयो । त्यो समस्या देखेर हाम्रै मञ्चका स्वर्गीय सदश्य श्री चन्द्र बहादुर गुरुङज्युले आफ्नै घरभित्र वैठक वस्न दिनुभयो, त्यसैगरेर पन्सेट्टिया प्राईमरी स्कुलको सुपरभाईजर गणेश ईजमले धेरै पटक वैठक वस्नको लागि निशुल्क कोठा उपलब्ध गराउनुभयो ।
तदर्थ समिति खोल्दा उहाँहरुको नाम यस प्रकार थियो
अध्यक्ष धर्म सिंह गुरुङ, सचिव तुल्सिराम कँडेल, कोषाध्यक्ष श्याम गुरुङ र सदश्यहरु राजेश श्रेष्ठ, गणेश जंग राना, भरत थापा मगर, कृष्ण बहादुर गुरुङ ९के। बि।० जीवन थापामगर । धर्म गुरुङ ज्युको अध्यक्षतामा सँस्थालाई परिचालन गर्नकोलागि अथवा कार्यक्रमहरु योजनाहरु बनाउँनको लागी एक सिमारेखा विधानको आवश्यक्ता खट्क्यो ,
त्यसपछि हेमराज थापा मगरको संयोजकत्वमा ५ सदश्यीय विधान मस्यौदा समिति गठन गरियो । जस्मा भक्त बहादुर गुरुङ, स्वयं म एम। बि। थापामगर, सुर्य मोहन थापा, राजेन्द्र डुम्रे सदश्यमा चयन भएको थियौँ र विधानको खाका तयार भईसकेपछि त्यस्लाई कम्प्युटर टाईप सुश्री प्रेम कुमारी बुढाथोकीले निःशुल्क गरिदिनुभयो विधान नेपालीमा मात्रै भएकोले त्यस्लाई अंग्रेजीमा अनुवाद गराउँने जिम्मा श्री श्याम गुरुङज्युलाई दिईएको थियो । त्यस्तै मञ्चको लेटरपेड, सदश्य रसिद छपाउँने, मञ्चको बैंकखाता खोल्ने जिम्मा श्री गणेश जंग राना ज्युलाई दिईयो ।
मञ्चको लोगो बारेमा वैठकले एम बि। थापा मगर स्वयं म र ठाकुर श्रेष्ठलाई जिम्मा दियो । र त्यस्तै सदश्य आवेदन फर्मको डिजाईन सहित फर्म र मञ्चको पहिलो रवर स्टाम्प ९चप० पनि स्वयं म एम। बि। थापामगरलेनै निःशुल्क उपलब्ध गराएको होृ । त्यस्तै सँस्थालाई एच के सारमा दर्ता गर्ने काम श्री महेन्द्र थापा र श्री बुद्धिचन थापालाई जिम्मा लगाईएको थियो, त्यस्तै सानातिना खर्चहरुलाई मणिग्राम निवासी पुरन क्षत्री ज्यु ले सहयोग गर्नुभएको थियो ।
त्यस्तै कमीटी गठन र साथीभाई भेला जम्मा गर्नको लागि धेरै साथीहरुले सहयोग गर्नुभएको थियो । जस्तोकी श्री भक्त बहादुर गुरुङ, खेम कुँवर, श्री नारायण किशोर पुन, श्री भरत थापा, श्री पुरण क्षत्री, श्री तुल्सिराम कँडेल, श्री राजेन्द्र डुम्रे, श्री हेम थापा मगर, श्री रमेश राना मगर, श्री नविन गुरुङ, श्री संसार बिजय गुरुङ, श्री राजु थापा, श्री जित पुन, श्री देव बहादुर गुरुङ, श्री प्रेम गलामी, श्री गणेश जंग राना, श्री के। बि। गुरुङ, श्री हुम बहादुर थापा, श्री प्रेम प्रकास थापा ।
त्यस्तै क्षत्रीय कमिटि गठन गर्न बिशेष साथीहरुलाई जिम्मा दिईयो
ताईपो क्षेत्र
श्री हेमराज थापामगर कामतिन क्षेत्र श्री भरत थापा मगर, युनलङ श्री राम गुरुङ र गणेश जंग राना, चुनवान क्षेत्र श्री महेन्द्र के शी श्री गणेश मल्ल, जोर्डन यामात्ये श्री सुर्य मोहन थापा श्रीमती दल कुमारी थापा श्री तुल्सिराम कँडेल ।
सेण्ट्रल वान्चाई
श्री लिला गुरुङ श्री बसन्त थापा, सुश्री देवी गुरुङ, श्री कृष्ण बहादुर गुरुङ, जिम्मेवार ब्यक्तित्वहरु रहनुभयो । त्यस्तै नेपालीमा रहेको विधानलाई अंग्रेजीमा अनुवाद गर्ने जिम्मा श्री श्याम गुरुङज्युलाई दिईएको थियो । त्यस्तै गरेर २५ मार्च २००१ आईतवारको दिन पन्सेट्टिया स्कुलको कक्षा कोठामा तदर्थ समितिका अध्यक्ष श्री धर्म गुरुङ ज्यु को अध्यक्षतामा वसेको बृहत बैठकले लुम्विनी मञ्च हंगकंगलाई पुर्णाकार प्रदान गर्न सर्वसम्मतीले नौ सदश्यीय कार्य कारिणी समिति गठन गरियो ।
लुम्विनी मञ्चको ईतिहाँमा लुम्विनी वासीहरुलाई गोलवन्द गर्न अथक प्रयास गरेर सँस्थापक भनेर नाम लेखाउँन सफल तथा योगदान गर्ने मुल समितिका योद्धाहरु हुनुहुन्छ
श्री हेमराज थापामगर, अध्यक्ष,
श्री सुर्यमोहन थापा उपाध्यक्ष,
श्री श्याम गुरुङ सचिव,
श्री भरत थापा सहसचिव,
श्री गणेश जंग राना कोषाध्यक्ष
सदश्यहरुमा श्रीमती लिला गुरुङ, श्रीमती दल कुमारी थापा, श्री तुल्सिराम कँडेल, श्री महेन्द्र के शी, हुनुहुन्छ ।
यस्को अरु गतिविधिमा कामतिनमा वसेको १८ अगस्त २००१ को मिटिङले सँस्थापक क्षेत्रीय कमिटीमा ईन्द्र बहादुर थापा मगर, अध्यक्ष, श्री बेल बहादुर गुरुङ उपाध्यक्ष, श्री मेहर सिंह थापा मगर सचिव, श्री छविलाल पुन, सह सचिव, श्री अमर पुन कोषाध्यक्ष, र सदश्यहरुमा श्री सुरज थापा, श्रीमती देव कला श्रीष मगर, रहनुभएको थियो । वान्चाई क्षेत्रीय समितिमा एम। बि। थापा अध्यक्ष, सुश्री देवी गुरुङ उपाध्यक्ष, श्री वसन्त राना सचिव, श्री ओम धोज राई सह सचिव, श्री कुमार आले कोषाध्यक्ष र सदश्यहरुमा श्रीमती स्वस्तिका पुन, श्रीमती पुर्णिमा थापा। श्रीमती रमा थापा रहनु भएको छ । जोर्डन क्षत्रीय समितिमा श्री शेर बहादुर थापा अध्यक्ष, श्री राजु पुन उपाध्यक्ष, श्री ईन्द्रजित गुरुङ सचिव, श्री खेमराज गुरुङ सह सचिव, श्री ज्ञानिन्द्र थापा कोषाध्यक्ष, सदश्यहरुमा श्री पुरण क्षत्री, श्री दिल बहादुर थापा, श्री नविन बुढा, श्री किसन थापा रहनुभएको थियो । कामतिन क्षत्रीय समितिमा श्री राजु श्रेष्ठ अध्यक्ष, श्री ठाकुर श्रेष्ठ उपाध्यक्ष श्री सुर्यमान गुरुङ सचिव, श्री लक्ष्मि गौचन सह सचिव, श्री भानुभक्त थापा कोषाध्यक्ष, र सदश्यहरुमा श्री टंक बहादुर राम्जाली, श्री सुनिल थापा रहनु भएको थियो । युनलङ क्षत्रीय समितिमा श्री मिन गुरुङ अध्यक्ष, श्री भगवान कार्की उपाध्यक्ष, श्री शिव राना सचिव श्री जीवन थापा सह सचिव कोषाध्यक्ष र सदश्यहरुमा श्री देवेन्द्र थापा मगर, श्री हेमन्त गुरुङ रहनु भएको थियो ।
राजनैतिक विचार
समयकाल परिस्थिति अनुसार हामीसंग आ आफ्नै विचार हुन सक्छन तर समयको माग अनुसार हाम्रा सवै हंगकंगकै साथीहरु नयाँ नेपालको कामना गर्नुुहुने मैले महसुस गरेको छु । सवैसंग राजनैतिक विचार अवश्य होला तर मञ्चमा हामी कहिल्यै राजनैतिक कुराहरु गर्दैनौँ उठाउँदैनौँ । कसरी समाजलाई अघि बढाउँन सकिन्छ तर्क सोचाई मात्र र छलफल पनि त्यसैमामात्र केन्द्रित रहन्छ । जव सामाजिक संघसँस्थामा राजनीतिले चलखेल गर्न सुरुगर्छ त्यो सँस्था फस्टाउँदैन हाम्रो मान्यता हो । कुनैपनि सामाजिक सँस्थालाई राजनैतिक विचारले अगाडि बढाउ नलागियो भने त्याहा तानतान र हानाहानको अवश्था उत्पन्न हुन्छ यो निश्चित हो । त्यस्ले विकासको गती लिदैन लिन सक्दैन । त्यसैले संघ सँस्थालाई राजनीतिबाट एकदमै अलग राख्नुपर्छ स्वतन्त्र हुन दिनुपर्छ मेरो र मञ्चको सम्पुर्ण हामी सदश्यहरुको धराणा हो यो ।
लुम्विनीलाई के गरेको छ मन्चले ?
लुम्विनी मञ्चमा आबद्ध हंगकंगे साथीहरुले लुम्विनीलाई ठोस सहयोग गर्न नसोचेको होईन तर प्रवासमा आ आफ्नै समस्याहरुबीच जकडिनुपरेको वास्तविकता हामी सवैलाई छर्लङ्गै छ । तरपनि दिर्घकालिन योजनाहरु जस्तै अन्तराष्र्टिय ईयरपोर्ट, ऐतिहाँसकि कला जिर्णोव्दारहरु जस्ता सुभकार्यहरु उतावाट सुरु नभईदिनाले पनि यता हात बाँधेर बस्नु परेको छ । लाग्छ अवको नयाँ नेपाल संगसंगै यस्ता विकासको कामहरु सुरु हुनेछन र हामीलाई सामाजिक विकासमा अवसर हुनेछ । गतबर्ष अविरल बर्षाको कारण तिनाउ खोलाले त्यस वरिपरिको वसोवासीय ईलाकमा धेरै धनजनको क्षति भएकोमा हामी जुटदै थियौँ त्यस्को लागि करिव १० हजार हंगकंग डलर जम्मा पनि भर्इैसकेको छ । त्यो पठाउँदैछौँ र अर्को त्यहा बुटवलमा पर्यटकिय क्षेत्रलाई आकर्षित गर्न बन्दै गरेको हिल पार्कलाई पनि सहयोग गर्न जुटी रहेको छौँ अरु प्रयास हुँदैछ ।
सामाजिक काम भनेको समुहले गर्ने कुरा हो । सर्वप्रथम यो स्टा्रेङ्ग हुन आवश्यक छ । भावनाले र विचारले सानसानो बिषयमा धेरै विचारहरु आउँन सक्छन त्यसको निम्ती प्रजातान्त्रिक सिस्टममा ठोस बहस भएर निचोड निस्कन आवश्यक हुन्छ मेरो मतलव ब्यक्ति कोही हावी नहोस । यो एक्लै र यौटै आईडियाले चल्ने होईन र चलाउनेपनि होईन । सँस्थालाई परिवर्तन वा गतिशील र राम्रो बनाउँनुछ भने नयाँ सोंच, नयाँ आईडिया र नेतृत्वमा सक्षम साथीहरु हुनुपर्दछ । मुख्य कुरा माथि भनिए जस्तै कमिटी वैचारिक रुपले स्टा्रेङ र आचरणले अनुशाषित हुनुपर्दछ र सामाजिक सँस्था यस्तो होस जस्ले समाजको बिभिन्न कुरीती र अमानवीय बिषयहरुलाई चिर्न सकोस र सभ्य सुसभ्य मार्ग तिर निर्देशन गरेर डोर्याउँन सकोस ।
मेरो विचारमा सामाजिक कार्यकर्ता भनेको स्काउट कार्यकर्ता हुन । उनिहरु स्वयंसेवक हुन । धार्मिक दृष्टिकोणले हेर्ने हो भने भगवानले मानिसहरुको दुखमा साथ दिन स्वर्गबाट पठाएको कुनै दूत या कार्यकर्ता या चेलाहरु हुन । सवैले भन्छन काम गर्नलाई पद चाहिंदैन तर त्यो आत्माले भनेको हुन्छन या मुखलेमात्र त्यो भन्नेहरुनै जानुन तर म आत्मैले भनिरहेको छु सामाजिक काम गर्नको लागि साँच्चिकै पद चाहिदैन, सँस्थामा ईन्क्लुड भने हुनपर्दछ । मुखले त्यसो भन्नेहरु कामले भाग्नेहरुपनि नभेटिएको नदेखिएको होईनन तर के हो समाज सेवा रु यो निःस्वार्थ दान गर्न सकिन्छ वा सकिदैन राम्रो अध्ययन गरेरमात्र यता हाम फाल्न जरुरी हुँदोरहेछ । माथि मैले भनें यस्तो स्वयं सेवकहरुलाई भगवानको दूत भनिदिए फरक पर्दैन । हो आजको स्वार्थै स्वार्थले भरिएको संसारमा निस्वार्थ सामाजिक सेवा गर्नु चोखो मान्छे पाउनु गाह्ृो कुरा हो । तर केही प्रतिशतमात्रै भएपनि हामी निस्वार्थ निस्कलंक बन्ने प्रयास गर्ने हो की रु
मञ्च व्दारा आयोजित केही ऐतिहाँसिक कार्यक्रमहरु
तीन पटकसम्म सम्पन्न गरिसकेको अधिवेशनहरुले आ आफ्नै किसिमको महत्व राखेको छननै तर ति महत्वपुर्ण ऐतिहाँसिक कार्यक्रमहरुमध्य जस्तै सँस्थापक कार्य समिति भनौँ अथवा हेमराज थापा मगर ज्यु को कार्यकालमा लुम्विनीवासीहरुमात्रै नभएर अन्य साथीहरुलाई पनि उत्साहित गर्ने कामदेखी लिएर सँस्थाको विजारोपण न्वरान हुँदै सन २००१ मा चुनमुन वटर फ्लाईवीचमा झण्डै ५, ६ सय नेपालीहरु जम्मा गर्ने काम भयो । जुन सुभ अवसरमा तात्कालिन शिक्षामन्त्री श्री कुल बहादुर गुरुङ र चित्र बहादुर केशी उपस्थित हुनुहुन्थ्यो र सोही अवसरमा २० मार्च २००४ मा दिवंगत हुनुभएको हाम्रो सँस्थाको सकृय सदश्य चन्द्र बहादुर गुरुङको परिवार सहयोगार्थ जम्मा हुन आएको १३ हजार हंगकंग डलरपनि हस्तान्तरण गरियो ।
त्यस्तै दोश्रो अथवा श्री धर्म गुरुङ ज्युको कार्यकालमापनि हंगकंग रेडक्रस सोसाईटी संग रक्तदान सञ्चालन हंगकंगका बिभिन्न नेपाली संघसँस्थाहरुसंग मैत्री सम्बन्ध बढाउने कार्यदेखी लिएर सुनामीलाई शहयोग गर्दै हंगकंगका नेपालीहरुले भोगि आएको टुरिस्ट भिजा सम्बन्धि हंगकंग ईमिग्रेसन बिभागमा कुरा राखियो ।
त्यस्तै तेश्रो कार्यकालमा भनौँ अथवा स्वयं म एम। बि। थापा मगरको कार्यकालमा सँस्थाको थुप्रै अफिसियल डकुमेण्टहरु परिमार्जित गर्दै गतबर्ष अविरल बर्षाको कारण तिनाउ खोलाले क्षति पर्याएको बाडी पिडितहरुलाई सहयोग मञ्चको स्थापनाकालदेखी लिएर अहिले सम्मको सम्पुर्ण अभिलेख जम्मागर्ने काम, त्यस्तै सवैभन्दा महत्वपुर्ण र ऐतिहाँसिक कार्यक्रम “सदश्य स्मृति दिवस,, हुँदै हालै प्रकासन हुन गईरहेको मन्चको मुखपत्र “लुम्विनी व्दिप,, र साँस्कृतिक कार्यक्रम लुम्विनी साँझको तयारी भईरहेको छ ।
सँस्थामा वसेर के पाईयो के गुमाईयो ?
केही पाउनलाई सँस्थामा बस्ने होईन केही दिनलाई बस्ूने हो । नवसौँ भन्यो साथी भाईहरुको कुरा काट्न सकिदैन, पाउँनु भनेको टोकाईमात्र हो । गर्नेले केही काम बिगारेकै हुन्छ जति होसियार बनेर गरेपनि । तर तुलनामा जति धेरै गरेपनि सानो बिगारनै ईस्यु बन्दोरहेछ । ठोस फाईदा भनेको साथीभाई ईस्टमित्र धेरै धेरै बनाईयो । हंगकंगमा भएको सम्पुर्ण नेपाली संघसँस्थाहरुलाई शुभकामना र मेरो ब्यक्तिगत तर्फवाट भन्नुपर्दा हामी यहा संघसँस्था गठन गर्नु र राजनीति गर्नमात्र पक्कैपनि आएको होईन । राजनीति गर्नुहुँदैन भन्न खोजिएकोपनि होईन तर समाज सेवा र राजनीति भिन्न कुराहरु हुन । त्यस्तै आफ्नो परिवारलाईपनि प्राथमिकता दिंदै हंगकंग आउनुको उदेश्यः रोजगार ग्यारेण्टी गर्दै बचेको समयलाई बल्ल त्यतातिर दिउँ । आफ्नो मुलुकलाई भुल्नत भएननै तर यो सव रवैया गर्नुपनि आएको होईनौँ भन्ने कुरालाई मध्यनजर राख्दै संघसँस्थालाई मिनीमाईज गर्ने प्रयास गरौँ र अन्त्यमा यो मेरो आफ्नो ब्यक्तिगत बिचार र भनाईले कसैलाई असर पर्न गएमा म क्षमापार्थि छु र हामी सम्पुर्ण हंगकंगे नेपालीहरु ब्यक्तिगत हिसावलेपनि ईमान्दार र असल बनौँ र सम्पुर्ण नेपालीको यौटै साझा सँस्था बनाऔँ ।
धन्यवाद ।
लेखक मन्चका निवर्तमान अध्यक्ष हुन् । यो लेख मन्चको मुखपत्रमा पनि छापिएकोथियो ।
