प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति कायम

Read Time:1 Minute, 19 Second

काठमाडौँ, २१ चैत
प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटघाटमा उहाँहरूबीच मुलुकमा जारी हत्या, हिंसा, आतङ्क र आपराधिक गतिविधिलाई सम्बोधन गर्न जतिसक्दो चाँडो मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको छ ।

प्रधानमन्त्री खनाल र एनेकपा (माओवादी) अध्यक्ष दाहालबीच शान्तिप्रक्रियासँग जोडिएका कामलाई तत्काल प्रारम्भ गर्ने तथा त्यसका लागि एक भई प्रस्तुत हुन सत्तारुढ दलहरूलाई आग्रह गर्ने सहमति भएको प्रधानमन्त्रीका पे्रस सल्लाहकार सूर्य थापाले जानकारी गराए  ।

भेटका क्रममा दुई पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकका निर्णयहरू एकअर्कालाई जानकारी गराउने कार्यसमेत भएको जनाइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %