गोबिन्द घर्ती
बुटवल, माघ १ – युवाहरु राजनैतिक रुपमा सचेत हुनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले युवाहरु राजनैतिक रुपमा सचेत नहुदा सम्म देशको प्रगति हुन नसक्नेमा जोड दिदै राजनैतिक सचेतनाले मात्र देशको दीगो विकास हुने बताएका थिए । नेपाल मगर युवा संघ देवदह नगर समितिको प्रथम नगर अधिवेशन तथा माघे संक्रान्ति विशेष सांस्कृतिक कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
सोही अवसरमा बोल्दै नेपाल मगर युवा संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष मिलन थापाले समाज परिवर्तनमा युवाहरुको महत्पूर्ण भूमिका हुने भएकाले समाजमा रहेका विकृति र विसंगति हटाउन युवाहरु लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले जव सम्म युवाहरु शैक्षिक रुपमा सचेत हुदैन तव सम्म देशको विकास हुन नसक्नेमा जोड दिनु भएको थियो । बरिष्ठ उपाध्यक्ष थापाले स्वरोजगारको ग्यारेन्टी गर्न सक्दैन तव सम्म युवाहरुलाई बैदेशिक पलायनबाट रोक्न नसकिनेमा जोड दिनु भएको थियो ।
नेपाल मगर युवा संघ देवदह नगर समितिका कार्यवहाक अध्यक्ष रवि आलेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका सहसचिव विनोद थापा, नेपाल मगर पत्रकार संघका केन्द्रिय सचिव मिलन गाहा, नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष लालबहादुर दर्लामी, नेपाल मगर महिला संघ रुपन्देहीका जिल्ला सदस्य शोभाकुमारी थापा, संघका सल्लाहकारद्धय पदम थापा, यम राना, पत्रकार त्रिलोचन दहाल, संघका वडा अध्यक्ष श्रीप्रसाद पुन लगायतले बोल्दै मगरहरुको पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणको लागि सम्पूर्ण मगरहरु एकजुट हुनु पर्नेमा जोड दिएका थिए ।
अधिवेशनले नारायण सारुको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा विष्णु थापा, सचिवमा नविन थापा, सहसचिवमा जिना पुन, कोषाध्यक्षमा रश्मि थापा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा नुनबहादुर सारु, जमुना बुढाथोकी, यमबहादुर आले, राजु राना, भिमबहादुर आले, प्रदिप पल्ली, दिपक राना, विकास पुन, नारायण सोमै, सचिन थापा, नन्दबहादुर दगामी रहनु भएको छ । कार्यक्रममा संघको गतिविधिलाई सञ्चारको माध्यमबाट सहयोग गरेको भन्दै रेडियो देवदहका समाचार संयोजक गोविन्द घर्ती, संस्थागत विकासमा योग्दान पु¥याए वापत विनोद थापा, हिमाल सारु, श्रीप्रसाद पुनलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकार आस्ना राना तथा स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । संघका सदस्य विष्णु थापाको स्वागत र रिम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
