नेपालगन्ज, २१ चैत
बाँके जिल्लामा हात्तीपाइले रोगविरुद्ध खुवाइएको औषधिले कसैको मृत्यु नभएको विशेषज्ञ टोलीले जनाएको छ । सो रोगविरुद्धको औषधि सेवनपछि जिल्लामा पाँचजनाको मृत्यु र सयाँै नागरिक बिरामी भएको समाचार सार्वजनिक भएपछि त्यसको अनुसन्धानका लागि काठमाडौँबाट आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाको विशेषज्ञको टोलीले गरेको अध्ययन, अनुसन्धानपछि सो निष्कर्ष निकालेको हो ।
टोलीका सदस्य डा यदुचन्द्र घिमिरेको भनाइ छ— ‘प्रारम्भिक अध्ययन, अनुसन्धानबाट औषधिका कारण कसैको मृत्यु भएको पाइएन ।’ विश्वका ७२ राष्ट्रमा यही औषधि खुवाइने अभियान सञ्चालनमा रहेको जनाउँदै उहाँले औषधि सेवनले कुनै पनि प्रकारको स्वास्थ्य समस्या नहुने दाबी गरे ।
