मगर सांस्कृतिक संघ कास्कीद्वारा सल्लाहकार श्रीसको बिदाइ !

Read Time:2 Minute, 21 Second

हुम तमु

 

Image may contain: 10 people, people standing

पोखरा, पुस २७ – मगर संघ हङकङको निमन्त्रणामा यही पुस २९ गते शुक्रबार हङकङ जान लागेका नेपाल मगर सांस्कृतिक संघ कास्कीका सल्लाहकार रूद्रबहादुर श्रीसमगरको बिदाइ गरिएको छ ।

नेपाल मगर सांस्कृतिक संघ कास्कीले बुधबार बिदाइ तथा शुभयात्रा ज्ञापन कार्यक्रमको आयोजना गरी औपचारिक रूपमा बिदाइ गरेको छ । मगर संघ हङकङले आयोजना गर्ने माघे संक्रान्ति विशेष कार्यक्रममा भाग लिन करिब एक साताको भ्रमणका क्रममा हङकङ जान लागेका सल्लाहकार श्रीसलाई बिदाइ गर्दै संघका केन्द्रीय सदस्य पदम थापामगरले भ्रमणको सफलताको शुभकामना दिनुभयो । केन्द्रीय सदस्य थापामगरले सल्लाहकार श्रीसको हङकङ भ्रमण यादगार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

म्यूजिक भिडियो निर्देशक एवं टाइगर्स फिल्मस् प्रालिका अध्यक्ष गोविन्द पुनमगरले पत्रकारिताका माध्यमबाट श्रीसले गीत संगीत र कला क्षेत्रलाई निकै महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो । सो अवसरमा पुनमगरले श्रीसको हङकङ भ्रमण कास्कीका मगर कलाकारहरूका लागि पनि निकै गर्वको कुरा भएको उल्लेख गर्दै आगामी दिनमा अन्य कलाकारहरूले पनि विदेश भ्रमण गर्न पाउने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष दीपक थापामगर, उपाध्यक्ष सरिता थापामगर, सचिव सुरज थापामगर, कोषाध्यक्ष रमा रानामगर, सदस्यहरू सञ्जु थापामगर, रेनु थापामगर, सिर्जना आलेमगर, सृष्टि पुनमगर र सम्झना थापामगरले बुकी र खादा लगाएर बिदाइ गर्दै यात्राको सफलताको शुभकामना दिनुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %