रिजुलको जन्म दिवस अपांग पुर्नस्थापना केन्द्रमा !

Read Time:2 Minute, 51 Second

भैरब आङ्ला

Image may contain: 2 people, people standing

धरान, पौष २५,

तपाई आफनो जन्म दिवस कसरी मनाउनुहुन्छ ? साथीभाई, साथीसंगि संग गेटटुगेदर अर्थात रमाईलो गरेर मनाउनुहुन्छ । तर धरानमा भने आफनो जन्म दिवसको खुशी अपाङग पुर्नस्थापना केन्द्रका वालवालिकाहरु संग खुशी साटासाट  गरेर मनाईएको छ ।

युकेमा रहेका धरान १० का रिजुल लिम्वूको १३ औं जन्मोत्सव धरान ४ छाताचौकमा रहेको अपाङग पुर्नस्थापना केन्द्रका वालवालिकाहरुलाई पाच थान डसना र एक छाक भोजन गराएर मनाईएको हो । रिजुल लिम्वूका दिदी इक्सा मादेन भन्छिन् वर्थडे पार्टी जहा जता गरे पनि फिजुल खर्च हुन्छ । तर भाईको नाममा यसरी अपाङग पुर्नस्थापना केन्द्रमा जीवन विताईरहेका वालवालिकाहरुलाई यो जाडोमा डसना वितरण गर्दा र वर्थडे सेलिवे्रट गर्दा पुर्नस्थापना केन्द्रका वालवालिकाहरु पनि खुशि भए ।


Image may contain: 2 people

यसले हामीलाई पनि निक्कै खुशी तुल्याएको छ । विभिन्न पार्टी, उत्सवहरुको नाममा गरिने खर्च यस्तो ठाउमा गरे थोरै भए पनि सहयोग हुने वताउदै इक्सा मादेनले भनिन् जो कोहीले यस्ता पार्टी कार्यक्रम वाहिर गर्छन उनीहरुले पनि असाहय, अपांग, वृद्धवृद्धाहरुलाई सहयोग गरे ठुलो धर्म हुन्छ । यसरी थोरै हाम्रो सोच वदलौ । युकेमा वृटिस आर्मिमा कार्यरत रिजुल लिम्वूका वावा भुवानी लिम्वू र आमा रेनुका लिम्वूको जेठा छोरा रिजुल लिम्वूको १३ औं जन्मोत्सव युकेमै पनि मनाउदा हुने थियो तर नेपालमा यसरी मनाउदा आत्मसन्तुष्टी मिलेको रिजुलका परिवारले जनाएका छन् ।


विभिन्न कार्यक्रममा नेपालीहरुले देखासिकिमा फिजुल खर्च गर्ने चलन वढीरहेको वेलामा धरानमा यस्तो कार्यको थलानी भएको छ । यसरी अरुले पनि यस्तो कार्यको सरहना गर्नु जरुरी छ । थोरै हाम्रो फिजुल खर्च अलिकति पनि यस्तो सामाजिक कार्यमा प्रयोग भयो भने निकै राम्रो हुनेछ । यस्तो सामाजिक कार्यको अनुकरण गर्दै लगेमा थोरै भए पनि समुदायमा सकारत्मक सन्देश जानेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %