देवदह नगरपालिकाको आर्थिक बर्ष २०७४/०७५ को चौथो नगर परिषद सम्पन्न !

Read Time:5 Minute, 11 Second

गोविन्द घर्ती


Image may contain: one or more people, people standing and suit

देवदह, पौष २४ – देवदह नगरपालिकाको आर्थिक बर्ष २०७४/०७५ को चौथो नगर परिषद सम्पन्न भएको छ ।

परिषदबाट आर्थिक बर्ष २०७४/०७५ का लागि बार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकरण गरेको छ । नगरपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिकरण गर्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले आर्थिक बर्ष २०७४/०७५ को लागि ८ करोड, ७९ लाख ६५ हजार बरावरको बजेट सार्वजनिक गर्नु भएको छ । जस मध्ये १ करोड ३९ लाख ६० हजार प्रशासन तर्फ, ७ करोड ४ लाख विकास तर्फ बजेट विनियोजन गरिएको अधिकृत घिमिरेले बताउनु भयो ।

उक्त बजेटबाट सामाजिक पुर्वाधार तर्फ १ करोड ५५ लाख लाख ५५ हजार, प्रवद्र्धनात्मक विकास तर्फ १ करोड ३ लाख ७० हजार, कार्यक्रम तर्फ १ करोड ७६ लाख ९६ हजार, लक्षित तर्फ १ करोड ८३ लाख ६ सय विनियोजन गरिएको छ । नगर परिषदले देवदह नगरपालिकालाई आगामी २०७४ सम्म धुवा रहित चुलो निर्माण कार्य सम्पन्न गर्ने, वालमैत्री नगरपालिका घोषणा गर्ने, शैक्षिक सत्रदेखि कक्षा ६ र ७ मा बौद्ध दर्शन स्थानीय पाठ्क्रम लागु पर्ने, सवैको पहुचमा शिक्षा कार्यक्रम लाग्नु पर्ने, देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, प्रत्येक वडामा बहुदेश्यीय सामुदायिक भवन निर्माण गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ ।

त्यसैगरी कृषिलाई व्यवसायीकरण गरी स्वरोजगार बनाउने, एक नगर एक उत्पादनको अवधारणलाई कार्यान्वयन गर्ने लगायतका नीति तथा कार्यक्रम पारित गरेको छ । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षता र रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीको प्रमुख आतिथ्यतामा बजेट सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको हो ।

सो-अवसरमा बोल्दै स्थानीय विकास अधिकारी सुवेदीले स्थानीय स्तरमा प्राप्त श्रोत साधनलाई प्रयोग गरी विकास निर्माणका कामहरु गर्नुपर्नेमा जोड दिनु भयो । उहाले नगर परिषदबाट पारित गरिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सम्पूर्ण राजनैतिक दलहरु एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । उहाले निर्वाचित जनप्रतिनिधि नहुदा कर्मचारीहरुलाई काम गर्न अप्ठ्यारो भएको भन्दै राज्यले छिटो स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिनु भयो ।


Image may contain: 8 people, people sitting and indoor

कार्यक्रममा सोमराज महाराज, व्यास आर्चाय किशोर गौतम, देवदह नगर विकास समितिका अध्यक्ष् दिल्लीराज मरासिनी, नेपाली काग्रेसका मणिप्रसाद शर्मा, नेकपा एमालेका धु्रवप्रसाद खरेल, नेकपा माओवादी केन्द्रका नमराज पुरी, राप्रपाका ऋषिराम रेग्मी, नेकपा क्रान्तिकारी माओवादीका भूलबहादुर सुनारी, नया शक्ति पार्टी नेपालका तेजलाल डुम्रे, दीर्घायु नेपालका लक्ष्मीकान्त पाण्डे, रेडियो देवदहका विष्णुप्रसाद पौडेल, केरवानी माध्यमिक विद्यालयका दुर्गादत्त शर्मा, महिला सञ्जालका सुन्दरी गिरी, देवदह स्वास्थ्य चौकीका जयकिशन अधिकारी, वडा नागरिक मञ्चका विष्णु भट्टराई, वाल सञ्जालका बविता भट्टराई लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

प्रशासकीय अधिकृत गंगाप्रसाद पन्थीको स्वागत र विनोद ज्ञवालीको संचालनमा भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका संयोजक विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सोही अवसरमा विभिन्न क्षेत्रबाट देवदह नगर पालिकाको विकासमा योग्दान दिनु हुने महानुभावहरुलाई सम्मान समेत गरेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %