ओलीको बुद्धिमा लागेको भए देश द्वन्द्वमा गइसक्थ्यो : गुरुङ !

Read Time:3 Minute, 59 Second

रूद्र श्रीसमगर



Image may contain: one or more people

पोखरा, पुस  २४ – नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य देवप्रसाद गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीको बुद्धिले देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ ।

आइतबार पोखरामा आयोजित कास्की तथा मुस्ताङ जिल्लाको संयुक्त पूर्ण बैठक तथा प्रशिक्षणमा बोल्दै चार नम्बर प्रदेशका पार्टी इञ्चार्ज समेत रहेका गुरुङले एमालेको लाइन राष्ट्रिय एकताविरोधी रहेको टिप्पणी गर्नुभयो । ‘ओलीको बुद्धिमा लागेको भए देश द्वन्द्वमा गइसक्थ्यो’, नेता गुरुङले भन्नुभयो, ‘माओवादीको अभिभावकीय भूमिका कारण देश बचेको छ ।’ खोक्रो राष्ट्रवादले केही नहुने भन्दै उहाँले जनतालाई अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रियता बचाउन सकिने उल्लेख गर्नुभयो ।

‘जनवादी अधिकारका आधारमा राष्ट्रिय एकता बलियो बनाउन सकिन्छ’, माओवादी नेता गुरुङले भन्नुभयो, ‘सबै जनतालाई बराबरी अधिकार दिए मात्र राष्ट्रियता बचाउन सकिन्छ ।’ विदेशी हस्तक्षेपका विरुद्ध सारा जनतालाई गोलबन्द गर्न जरुरी रहेको भन्दै नेता गुरुङले विदेशी साम्राज्यवादी शक्तिले नेपालमा द्वन्द्व गराएर अस्थिरता निम्त्याउन खोजेको जिकिर गर्नुभयो ।

‘सर्वहारा आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनलाई जोड्ने काम माओवादीले मात्र गरेको छ’, उहाँले भन्नुभयो, ‘प्राप्त उपलब्धीको रक्षा गर्दै क्रान्तिको बाँकी कार्यभार पूरा गर्न तयारीमा लाग्नु जरुरी छ ।’ राजनैतिक दलहरूबीच सहमति भए मात्र देशलाई निकास दिन सकिने उल्लेख गर्दै नेता गुरुङले प्राप्त उपलब्धीको रक्षाका लागि पनि दलहरूबीच सहमतिको आवश्यकता औंल्याउनुभयो ।

केन्द्रीय सचिवालय सदस्य एवं चार नम्बर प्रदेशका संयोजक हरि अधिकारी ‘कुमार’ले आन्तरिक राष्ट्रियता सुदृढ गरेर मात्रै बाह्य राष्ट्रियता बलियो बनाउन सकिने उल्लेख गर्नुभयो । ‘राष्ट्रियताको नयाँ परिभाषा जरुरी छ’, नेता कुमारले भन्नुभयो, ‘कसैको लहडमा भनिएको राष्ट्रवादले मुलुकलाई निकास दिन सक्दैन, प्रगतिशील राष्ट्रवादले मात्रै देश बचाउन सक्छ ।’

पार्टीलाई चुनावकेन्द्रित बनाउनुपर्नेमा जोड दिँदै नेता कुमारले क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो । पूरानो संरचनाको अन्त्य गरी नयाँ संरचनामा देश चुनावमा होमिन लाग्नु माओवादी एजेण्डाको जित भएको उहाँको भनाइ थियो ।

पोलिटब्यूरो सदस्य एवं कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ ‘करण’को अध्यक्षतामा भएको कार्यक्रममा नेता दीपक कोइराला ‘रुपक’ र मुस्ताङ जिल्ला संयोजक सत्यनारायण शेरचनले पनि बोल्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %