माओवादी पार्टी भित्रको आन्तरिक विवाद मिलाउन वरिण्ठ नेताहरु सिन्धुपाल्चोकमा

Read Time:1 Minute, 58 Second

काठमाडौं, चैत्र २०

माओवादी  पार्टी भित्रको आन्तरिक विवाद मिलाउन सिन्धुपाल्चोक पुगेका माओवादी नेताहरुले आन्तरिक विवाद मिलाएरमात्रै  छलफल टुंग्याउने वताएका छन् ।

बैठक सुरु हुनेवित्तिकै उदघाटन, भेटघाटको निम्तो आएर पूरा समय दिन नसकिएको भन्दै नेताहरु स्थायी समितिको बैठकका लागि शनिबार सिन्धुपाल्चोकको सुकुटेस्थित एक रिसोर्ट पुगेका हुन् । विवाद मिलाएर उठ्नकै लागि उपाध्यक्ष मोहन वैद्यले आइतबार राजधानीको एक कार्यक्रम स्थगन गरेका छन् ।

दोस्रो दिन पनि बिहानैदेखि बसेको बैठकमा पार्टीका शीर्षस्थ तीन नेताबीच बढेको विवाद मिलाउन प्रयास भइरहेको एक नेताले जानकारी दिए । समसामयीक राजनीति र पार्टी विवादबारे शनिबार बसेको बैठकमा स्थायी समिति सदस्यले आफ्नो धारणा राखेका थिए ।

जारी बैठकले पार्टीबाट सरकारमा जाने थप व्याक्तिको नाम समेत टुंगो लगाइने बताइएको छ । माओवादीले केहीलाई सरकारमा पठाए पनि शीर्षष्थ नेताको विवादका कारण मन्त्रिमण्डलमा सहभागी सबैको नाम तय गर्न सकेको छैन ।

यस्तै शान्ति प्रक्रिया र संविधान निर्माण सम्बन्धमा समेत माओवादीले ठोस निर्णय गर्ने बताएको छ । शनिबार बसेको बैठकमा स्थायी समिति सदस्यबीच पार्टी विवादबारे आरोप, प्रत्यारोप भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %