मिलन फाउण्डेशनको घान्द्रुक पदयात्रा सम्पन्न !

Read Time:2 Minute, 44 Second

रुद्र श्रीसमगर


Image may contain: 13 people, people standing and outdoor

घान्द्रुक, पुस  २३ – ग्रामीण क्षेत्रको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील सामाजिक संस्था मिलन फाउण्डेशन नेपालको घान्द्रुक पदयात्रा सम्पन्न भएको छ ।
 
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि शुक्रबार फाउण्डेशनको टोली पदयात्राका लागि प्रस्थान गरेको थियो । पोखरादेखि घान्द्रुक–३, विकासडाँडासम्म गाडीमा गएको फाउण्डेशनको टोलीले विकासडाँडादेखि घान्द्रुकसम्म र शनिबार बिहान मेश्रम बराह मन्दिरसम्म पदयात्रा गरेको थियो ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पदयात्राको आयोजना गरिएको फाउण्डेशनका सहसचिव एवं कार्यक्रम संयोजक कमल थापामगरले जानकारी दिनुभयो । शनिबार बिहान बसेको फाउण्डेशनको बैठकले गत मंसिर २८ गते पर्वतको देउपुर, मैदानमा सम्पन्न एक दिने निःशुल्क आँखा शिविरको समीक्षा गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष समेत निकालेको छ ।

यसैबीच, फाउण्डेशनले मगर संघ हङकङको निमन्त्रणामा यही पुस २९ गते माघे संक्रान्ति कार्यक्रमका लागि एक साताको हङकङ भ्रमणमा जान लाग्नुभएका प्रचारप्रसार संयोजक रुद्रबहादुर श्रीसलाई बिदाइ समेत गरेको छ ।

सो-अवसरमा फाउण्डेशनकी कार्यवाहक अध्यक्ष देवीकुमारी गुरुङ र सचिव मदन गुरुङले प्रचारप्रसार संयोजक श्रीसलाई फूलमाला लगाइदिएर बिदाइ गर्दै हङकङ यात्राको सफलताको शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी, कार्यक्रममा देउपुरमा भएको निःशुल्क आँखा शिविरमा सहयोग गर्ने स्वास्थ्य सहयोगी आकांक्षा गुरुङलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।

फाउण्डेशनकी कार्यवाहक अध्यक्ष देवीकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मदन गुरुङले गर्नुभएको थियो भने सहसचिव एवं कार्यक्रम संयोजक कमल थापामगरले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %