गोविन्द घर्ती

देवहद, पौष २३ – भाषा, संस्कार, संस्कृति र अधिकार प्राप्तीको लागि सम्पूर्ण थारुहरु एकजुट हुनु पर्ने थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष रामवली चौधरीले बताउनु भएको छ ।
उहाले भाषा, संस्कार र संस्कृति विना कुनै जातीको पहिचान हुन नसक्ने भएकोले सम्पूर्ण थारुहरु एकजुट हुनुको कुनै विकल्प नभएको बताउनु भयो । थारु कल्याणकारिणी सभा देवदह नगर समितिले भवानीपुरमा आयोजना गरेको २६ सय ४१ औं नयाबर्ष खिचडी महोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । थरुहत स्वायत्त प्रदेश विना थारुहरुको अधिकार सुनिश्चित हुन नसक्ने हुनाले राज्यले थारुलाई थरुहत स्वायत प्रदेश दिनु पर्नेमा जोड दिनु भयो । उहाले अधिकार प्राप्तीको लागि राजनैति भन्दा माथि उठेर लाग्नु पर्नेमा जोड दिनु भयो ।
नगर समितिका अध्यक्ष निर्मला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व मन्त्री दुर्योधन सिंह चौधरी, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, देवदह पर्यटन समितिका नमराज पुरी, सिद्धिचरण भट्टराई, वासुदेव रिमाल, नेपाली काग्रेसका गुणखर भुर्तेल, नेकपा एमालेका विष्णु अर्याल, नेपाल आदिवासी जनजाति महासंघका बमबहादुर गुरुङ्ग, नेपाल मगर संघका लालबहादुर दर्लामी, तमु ह्युल छोंज धीका टौबहादुर तमु, कुमाल सवा समाजका कृष्ण कुमाल, थारु संग्रहालयका अनिरुद्र चौधरी, ईश्वरीप्रसाद ढुंगाना, बुद्धिराम ज्ञवाली, दिनानाथ अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा थारु संस्कृति झल्कने विभिन्न सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रम पुर्व पिपरा, डमुरुवा, केरवानी, विजयपुरबाट निस्केको र्याली भवानीपुरमा पुगेर सभामा परिणत भएको थियो ।
समितिका उपाध्यक्ष चन्द्रिका चौधरीको स्वागत र दिनेश चौधरी, अनिता चौधरी, कुलबहादुर खवासको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
