गरिवी न्यूनिकरण गर्न सामुदायिक वनहरुले आर्थिक उपार्जनका कार्यक्रम ल्याउनु पर्ने !

Read Time:2 Minute, 43 Second

गोविन्द घर्ती


देवदह, पौष २३ – गरिवी न्यूनिकरण गर्न सामुदायिक वनहरुले आर्थिक उपार्जनका कार्यक्रम ल्याउनु पर्ने जिल्ला वन कार्यालय रुपन्देहीका वन अधिकृत रोमराज लामिछानेले बताउनु भएको छ ।

उहाले वनको सरक्षणले मात्र वातावरण स्वच्छ हुने भन्दै वनको संरक्षण र सम्वद्र्धन गर्न उपभोक्ताहरु सचेत र सजग हुनु पर्नेमा जोड दिनु भएको छ । जनप्रिय सामुदायिक वन उपभोक्ता समुह देवदह–१०, ११ भलुहीको छैठौं वार्षिक साधारणसभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । अधिकृत लामिछानेले उपभोक्ताहरु सचेत र सजग भएमात्र वनको संरक्षण सगै चोरी निकासीलाई रोक्न सकिनेमा जोड दिनु भयो । उहाले वनलाई वन डढेलो र चरिचरनबाट जोगाउनु पर्ने बताउदै वनलाई आगलागीबाट जोगाउनु पर्ने बताउनु भयो ।

समुहका अध्यक्ष रक्मा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सेक्टर वन कार्यालय शितलनगरका सतेन्द्रनारायण सिंह, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, समुहका सल्लाहकारद्धय ऋषिराम सापकोटा, हिराबहादुर खत्री, बुद्ध सामुदायिक वनका टेकबहादुर राना, नमुना बोडिङ्ग स्कुलका होमनाथ ढुंगाना, रोहिणी व्याटमिटन क्लव, निर्मल शाहनी, भलुही मेडिकल कलेजका सुरेन्द्र अधिकारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा अग्नी नियन्त्रणमा खटिनु भएका उपभोक्ता, पुर्व समितिका पदाधिकारी, सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा समुहका उपाध्यक्ष झगरबहादुर पुनले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष दुर्गाप्रसाद भूर्तेलले करिव ४३ लाख बरावरको आर्थिक प्रतिवेदन र लेखा संयोजक खड्कबहादुर क्षेत्रीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समुहका सदस्य टेकबहादुर विकको स्वागत र सचिव रुका सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %