सामुदायिक वनहरुले कार्ययोजनालाई दीगो व्यवस्थापनमा जोड्दिनु पर्छ !

Read Time:3 Minute, 14 Second

गोविन्द घर्ती


Image may contain: 12 people, people standing

देवदह, पौष १९ – सामुदायिक वनहरुले कार्ययोजनालाई परिस्कृत गरी दीगो वन व्यवस्थापनमा जानु पर्ने जिल्ला वन कार्यालय रुपन्देहीका वन अधिकृत रोमराज लामिछानेले बताउनु भएको छ ।

उहाले दीगो वन व्यवस्थापनले मात्र वनको संरक्षण संगै आम्दानी गर्न सकिनेमा जोड दिनु भएको थियो । प्रगति सामुदायिक वन उपभोक्ता समुह देवदहको सातौ बार्षिक साधारणसभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । अधिकृत लामिछानेले देवदह क्षेत्रलाई साझेदारी वनको रुपमा पेश गरेको बताउदै सामुदायिक वनहरुले वितरण गर्दै काठ उपभोक्तालाई बढि भएमात्र समुह संग रहेको काठ ठेक्का प्रक्रियामा जानु पर्नेमा जोड दिनु भयो ।

उहाले सामुदायिक वनमा आर्थिक पारदर्शिताको लागि उपभोक्ताहरु सचेत र सजग हुनु पर्नेमा जोड दिदै सामुदायिक वनहरुले ३५ प्रतिशत रकम गरिवी न्यूनिकरणमा खर्च गर्नुपर्ने बताउनु भयो । उहाले सामुदायिक वनहरुले समाजको विकास संगै विपन्न र वनको संरक्षण सम्वद्र्धनमा लाग्नु पर्नेमा जोड दिनु भयो । सामुदायिक वनहरुले घुम्ती कोष संचालन गर्दा सम्वन्धीत पक्ष समक्ष पुगेको छ कि छैन भनेर आम उपभोक्ताहरु सजग हुनु पर्नेमा जोड दिनु भयो । उहाले सामुदायिक वनहरुले वन ऐन र निर्देशिकालाई पालना गर्नुपर्ने बताउनु भयो ।

समुहका अध्यक्ष चमकान्त गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सेक्टर वन कार्यालय शितलनगरका सहायक वन अधिकृत सतेन्द्र नारायण सिंह, ईलाका वन कार्यालय भलुहीका राजन खड्का, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, साना किसान कृषि सहकारीका टिका गौतम, सल्लाहकार विष्णु भट्टराई, देव विकास बैकका राजन अधिकारी, भलुही मेडिकल कलेजका डा. प्रदिप ज्ञवाली, सुष्मा भण्डारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा समुहका अध्यक्ष चमकान्त गौडेलले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जगन्नाथ अधिकारीले करिव ८१ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समुहका बरिष्ठ उपाध्यक्ष दिल्लीराज पन्थको स्वागत र सचिव बर्षा तिवारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %