मतदाता नामावलीमा पनि दलले गरे भागबन्डा

Read Time:3 Minute, 37 Second

देवदह चैत्र १९ ।
फोटो सहित मतदाता नामावली संकलनकर्ता छनोट प्रक्रियामा देवदहमा क्रियाशिल राजनीतिक दलहरुले भागबण्डा गरेका छन् । निर्वाचन आयोगले रुपन्देहीको देवदह गाविसमा गर्न लागेको फोटो सहितको मतदाता नामावली संकलन कार्यमा दलहरुले राजनैतिक रुपमा भागबण्डा गरेका हुन । निर्वाचन आयोग रुपन्देहीले पहिलो चरणमा  देवदह, केरवानी, गंगोलिया तथा मक्रहरमा पहिलो पटक फोटो सहितको मतदाता नामावली संकलन कार्य अगाडि बढाएको छ ।
निर्वाचन कार्यालय रुपन्देहीका अधिकृत डिल्लीराज बेल्वासेले बताउनु भयो । देवदह गाविसमा ३ वटा केन्द्र र ४० जना नामावली संकलन कर्ताहरुको आवश्यकता रहेकोमा एकिकृत नेकपा माओवादीलाई १० जना, नेपाली कांग्रेसलाई १० जना, एमालेलाई १० जना, नेकपा एकिकृतलाई २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई २ जनाका दरले भागबण्डा गरिएको छ । राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीलाई पनि २-२ जना भागबण्डामा परेता पनि उनीहरुले आफनो भागमा परेको शिक्षक नामावली उपलव्ध नगराएको समाचार स्रोतले जनाएको छ । फोटो सहितको मतदाता नामावली संकलन कार्यका लागि दलहरुले स्थानीय सरकारी विद्यालयका शिक्षकहरुलाई परिचालन गर्ने बताएका छन् । राजनैतिक रुपमा यसरी भागबण्डा गर्दै शिक्षकहरुलाई राजनैतिक बिल्ला भिडाउन नहुने ज्ञान ज्योति निमावि देवदह–६ का प्राधानाध्यापक  हरि प्रसाद अर्यालले बताए । शिक्षकहरु जुनसुकै राजनैतिक पार्टी संग आवद्ध भएता पनि राजनैतिक भागबण्डा गरि शिक्षकहरुलाई बदनाम गर्न खोजिएकाले आफ्नो पार्टीले नामावली संकलन कर्ता शिक्षकको नाम नदिएको राष्ट्रिय जनमोर्चाका प्रतिनिधि हरि केसीको भनाई छ ।
स्थानीय स्तरमा रहेका हरेक समस्यालाई राजनैतिक रुपमा अगाडि सारेको हुदाँ फोटो सहित मतदाता नामावली संकलनकर्ता शिक्षकको नाम प्रस्ताव नगरेको बताउछन्  राष्ट्रिय जनमुक्ति पार्टी देवदहका अध्यक्ष डम्वर बहादुर थापा ।
यसरी राजनैतिक रुपमा मतदाता नामावली संकलनकर्ता नियुक्ति गरेपछि आफनो पार्टी समर्थक जनताहरुको  नामावली समावेश गर्न सकिन्छ भनेर राजनैतिक रुपमा भागबण्डा गरेको एक शिक्षकले बताए । दल भनेर खटिने शिक्षक पनि राजनीतिक हुने नै भए जुन राम्रो होइन । राजनैतिक रुपमा भागबण्डा गर्न नहुने र यसरी गर्दा राजनैतिक गन्ध आउने हुदा यस्ता कार्यलाई राजनैतिक पार्टीका नेताहरुले छोड्नु पर्ने सोही बैठकमा सहभागि एक शिक्षकले बताए ।

गोविन्द घर्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %