छन्त्याल संघको छैठौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा !

Read Time:3 Minute, 9 Second

अध्यक्षमा पाँच र महासचिवमा दुई आकांक्षी देखिए

रूद्र श्रीसमगर
 
पोखरा, पुस १३ – नेपाल छन्त्याल संघको छैठौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस १५, १६ र १७ गते पोखरामा हुने महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका लागि आकांक्षीहरू समेत खुल्न थालेका छन् ।

संघको नेतृत्वका लागि अध्यक्षमा काठमाडौंबाहिरबाट पोखराका बमबहादुर छन्त्याल प्रमुख दाबेदारका रूपमा देखिनुभएको छ । त्यस्तै, अध्यक्षका लागि काठमाडौंबाट अन्य चार आकांक्षी देखिएका छन् । जसमा गजेन्द्र छन्त्याल, थमबहादुर छन्त्याल, मोहन छन्त्याल र कमल छन्त्याल अध्यक्षका आकांक्षी देखिनुभएको छ ।

महासचिव पदका लागि भने बलमान छन्त्याल प्रमुख दाबेदारका रूपमा अघि आउनुभएको छ । कामका आधारमा सबै समर्थन पाउने र आफू महासचिव हुने उहाँको दाबी समेत छ । त्यस्तै, महासचिवका लागि अर्का आकांक्षीका रूपमा म्याग्दीका धनबहादुर छन्त्याल देखिनुभएको छ । महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्व लिने होड सुरु भएको छ भने महाधिवेशनको रौनक समेत बढ्न थालेको छ ।

यही पुस १५ गते उद्घाटन हुने महाधिवेशनको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको महाधिवेशन प्रचारप्रसार उपसमिति संयोजक तारा मिलन छन्त्यालले जानकारी दिनुभयो । त्यस्तै, महाधिवेशनको उद्घाटनसत्रमा नेपाल आदिवासी जनजाति महासंघका नवनिर्वाचित अध्यक्ष जगत बराम, उपाध्यक्ष गोविन्द छन्त्याल, सांसद् ज्ञानकुमारी छन्त्याललगायतले सम्बोधन गर्नेछन् ।

उद्घाटनअघि पोखरा–१६, सुन्दरफिडबाट सांस्कृतिक झाँकीसहितको र्याली सुरु भइ बगर, भीमकालीपाटन, ट्याक्सीचोक, बागबजार, विन्ध्यवासिनी, मोहरियाटोल, भैरवटोल, नदीपुर हुँदै कार्यक्रमस्थलमा पुगी कार्यक्रममा परिणत हुनेछ । नदीपुरस्थित नेपाल छन्त्याल संघ कास्कीको सभाहलमा हुने कार्यक्रममा बागलुङ, म्याग्दी, कास्की, काठमाडौं, रुपन्देही, दाङ, चितवनलगायतका जिल्लाबाट प्रतिनिधि सहभागी हुनेछन् । नेपालका अल्पसंख्यक आदिवासी जनजाति समूह छन्त्याल जातिले छन्त्याल स्वायत्त क्षेत्रको माग गर्दै आएका छन् ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %