देवेन्द्र सारु मगर
नवलपरासी, पौष ११ – सेवा नै धर्म हो भन्ने मुलशव्दलाई आत्मसात् गर्दे रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपालले आफ्नो घोषित अक्षयकोषबाट प्राप्त व्याजको रकम छात्रवृति प्रदान गरेको छ । नवलपरासी जिल्लाको पहाडी गा.वि.स. रकुवा–७, स्थित श्री बेलभन्याङ्ग मा.बि.मा अध्ययनरत कक्षा ७ का जहेन्दार छात्र दशरथ सुनारी मगर र कक्षा ८ की छात्रा सुनिता बि.क.लाई छात्रवृति स्वरुप जनही नगद रु. ५,०००।– (पाँच हजार) र प्रंशसा–पत्र प्रदान गरेको हो ।
सोही अवसरमा प्रतिष्ठानका संरक्षक एवं स्व.रमिता सारु मगरका छोरा–बुहारी इन्द्रजित सारु मगर र किताबी सारु मगरका छोरीहरु क्रमशः ७ वर्षकी इकिसा सारु मगर र ५ वर्षकी एनिका सारु मगरले ब्रुनाईमा देउसी–भैलो कार्यक्रम र पेन्टीङ्ग गरी विक्री गरेर जम्मा गरेको रकम नगद रु. १०,०००।–(अक्षरुपी दश हजार ) बालिकाद्धयको हातबाट बिद्यालय कल्याणकोषका अध्यक्ष यामबहादुर ठाडा मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर ठाडामगरलाई संयूक्तरुपमा हस्तान्तरण गरिएको थियो । स्मरण रहोस, प्रतिष्ठानले गत वर्ष नै एकलाख भन्दा बढी रकम विद्यालय कल्याण कोषलाई सहयोग गरिसकेको छ भने रु. २०२,२०२।–(अक्षरुपी दूईलाख दूईहजार दूई सय दूई रुपैयाँ) बराबरको रकम जेहेन्दार विद्यार्थीहरुकोलागि अक्षयकोषको स्थापना भई सकेको छ ।
यसैवीच प्रतिष्ठान विधिवतदर्ता भएपछि पहिलो पटक यो छात्रबृति प्रदान गरिएको र यसले निरन्तरता पाइरहने एवं भविश्यमा पनि सारु मगर परिवारमा जन्मेका सन्तानले यसलाई निरन्तरता दिनेछन् भन्ने अपेक्षा राखेर नै आफुले बिदेशमा जन्मेका छोरीहरुलाई आफने जन्मस्थल ल्याएको प्रतिष्ठान्का संरक्षक इन्द्रजीत सारु मगरले बताए । साथै वहाँले सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्र आशिश बि.क.लाई प्रोत्साहन स्वरुप रु.२,०००।–(अक्षरुपी दूई हजार) नगदै हस्तान्तरण समेत गर्नु भएको थियो ।
यस्ता दानवीरहरुबाट विद्यालय कल्याण कोषमा १३ लाख भन्दा बढी जम्मा भएको र उक्त रकमको व्याजबाट नर्सरी, एल.के.जी.र यू.के.जी.सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराईरहेकोले सोको लागि शिक्षक, शिक्षिकाको व्यवस्था गरिएको विद्यालय कल्याणकोषका अध्यक्ष यामबहादुर ठाडा मगरले जानकारी दिए । त्यस्तै विद्यालयका प्रधानाध्यापक गंगा बि.क. ले विद्यालयको तर्फबाट आफूले विभिन्न संघ–संस्था एवं व्यक्तित्वहरुसँग समन्वय गरेर विद्यालयमा अध्ययनरत बालबालिकाको हितमा काम गरिरहेको बताउदै भुपु विद्यार्थी तथा यस प्रतिष्ठानका संरक्षक इन्द्रजीत सारु मगर जो बेलायती सेनामा कार्यरत हुनहुन्छ वहाँको अमुल्य सहयोगको लागि विशेष धन्यवाद समेत दिनु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि तथा प्रतिष्ठानका प्रधानसंरक्षक समाजसेवी चिनबहादुर सारु मगरले प्रतिष्ठानको तर्फबाट विद्यालयलाई मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर ठाडा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी उजिर राना मगर, शिक्षक अविभावक संघका अध्यक्ष लक्ष्मी थापा क्षेत्री लगायतले मन्तव्य राख्नु भएको थियो ।
