गलकोट समाज–पोखराले पुस १६ गते वनभोज आयोजना गर्ने !

Read Time:1 Minute, 32 Second

रूद्र श्रीसमगर

पोखरा, पुस  ११ – बागलुङ जिल्लाको गलकोट भेगबाट पोखरा आइ विभिन्न पेशा, व्यवसाय गरी बस्ने गलकोटेहरूको साझा संस्था गलकोट समाज–पोखराले यही पुस १६ गते वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ ।

तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको प्रथम पूर्ण बैठकले शान्ति वन बाटिकामा वनभोज गर्ने निर्णय गरेको समाजका अध्यक्ष मीनबहादुर खत्रीले जानकारी दिनुभयो । वनभोज कार्यक्रम सफल बनाउन उपाध्यक्ष खडकबहादुर थापाको संयोजकत्वमा उपसमिति समेत गठन गरिएको छ ।

त्यस्तै, बैठकले सात सदस्यीय सल्लाहकार समेत चयन गरेको छ । विशेष सल्लाहकारमा प्रा.डा. भवानीप्रसाद पाण्डे ‘भाष्कर’ र मोहन चन्द ‘राजन’, अन्य सल्लाहकारहरूमा रुपबहादुर थापा, हिराबहादुर खत्री, जयबहादुर क्षत्री, रामप्रसाद पाण्डे र बमबहादुर छन्त्याल रहनुभएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । साथै, बैठकले अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %