गोविन्द घर्ती
देवदह, पौष ११ – रुपन्देहीको देवदह–५, केरवानी र देवदह–३, वसन्तपुरमा पक्कीपुलको सिलान्यास गरिएको छ ।
रुपन्देही क्षेत्र नं १ का सांसद अव्दुल रज्जाकले एक कार्यक्रमका वीच उक्त दुवै पुलको शिलान्यास गर्नु भएको हो । राष्ट्रिय योजना आयोगको करिव साढे ७ करोडको लगानीमा केरवानीको र करिव १० करोडको लगानीमा वसन्तपुरमा पक्कीपुल निर्माण हुन लागेको हो । केरवानीको पुल ३५ मिटर लम्वाई र ११ मिटर चौडाई हुने तथा वसन्तपुरको पुल ८३ मिटर लम्वाई र ११ मिटर चौडाई हुने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।
केरवानीको पुल २ बर्ष भित्र सम्पन्न गर्ने र वसन्तपुरको पुल करिव साढे २ बर्षमा सम्पन्न गर्ने योजना रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद अव्दुल रज्जाक, नेपाली काग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्री, माओवादीका प्रजापति सापकोटा, मेघनाथ पौडेल, तिलोत्तमा नगरपालिकाका राजेन्द्र आर्चाय, स्थानीयवासी हरी काफ्ले लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सडक डिभिजन कार्यालय बुटवलका शाखा अधिकृत मुक्ति पाण्डेको संचालन र खुमबहादुर भण्डारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
