गोविन्द घर्ती
दवदह, पौष ११ – रुपन्देहीको देवदहमा मावि स्तरीय तथा निमावि स्तरीय निवन्ध लेखन तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
पुर्व क्षेत्र नीजि विद्यालय ईप्सा रुपन्देहीको आयोजना र सरस्वती बोडिङ्गको व्यवस्थापनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । मावि स्तरीय हाजिरी जवाफ तर्फ बुद्धपव्लिक प्रथम, मदर टङ्गस एकेडेमी द्धितिय, ग्रिन प्लान्ट तृतिय, मदरल्याण सान्त्वना भएको छ भने, निमावि तर्फ सेभेन स्टार प्रथम, मदर टङ्गस एकेडेमी द्धितिय, बुद्धपव्लिक तृतिय र ग्रिन प्लान्ट सान्त्वना भएको छ ।
त्यसैगर निवन्धन लेखनको मावि तर्फ सरस्वती बोडिङ्ग प्रथम, एशियन लाईट द्धितिय, मदर टङ्गस एकेडेमी तृतिय, बुद्ध पव्लिक सान्त्वना भएको छ भने निमावि तर्फ सरस्वती बोडिङ्ग प्रथम, बुद्धपव्लिक द्धितिय, ग्रिनप्लान्ट तृयित र एशियन लाइृट सान्त्वना भएको ईप्सा रुपन्देहीले जनाएको छ ।
ईप्सा रुपन्देहीका अध्यक्ष एक नारायण काफ्लेको अध्यक्षता, प्याव्सन रुपन्देहीका प्रमुख सल्लाहकार कृष्ण खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याव्सनका कार्यवहाक अध्यक्ष लेखनाथ पौडेल, उपाध्यक्ष लालहरी पाण्डे, सचिव महेश भूर्तेल, सहसचिव विनोद ज्ञवाली लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
उपाध्यक्ष बोधराज गौडेलको स्वागत, सचिव रामबहादुर गुरुङ्गको संचालनमा भएको कार्यक्रममा महेश पराजुलीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
