काँग्रेस केन्द्रीय समितिको वैठक स¥यो

Read Time:1 Minute, 9 Second

ललितपुर, १८ चैत
नेपाल विद्यार्थी सङ्घको विघटनलगायतका विषयबारे टुङ्गो लगाउन नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघि बसेको बैठकमा महामन्त्री प्रकाशमान सिंहले पेस गर्नुभएको प्रतिवेदनमाथि छलफल हुनुका साथै शान्तिप्रक्रिया, संविधान निर्माण तथा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा समेत छलफल हुने बाइएको छ ।

हिजोको बैठकमा बोल्ने दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यले बोलेको र बैठकले नेविसङ्घका बारेमा कुनै निर्णय लिन सकेको थिएन ।

यद्यपि अधिकांश सदस्यले अहिलेको कार्यसमितिलाई यथावत राखेर महाधिवेनमा जानुपर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %