सनु थापा मगर
बुटवल, पौष ८ – रुपन्देही जिल्लाको रुद्रपुर गा.वि.स लाई पूर्ण रुपमा बन्द हड्ताल निषेधित क्षेत्र घोषणा गरिएको छ ।
विकास हाम्रै पालामा, परिवर्तन हाम्रै पालामा भन्ने नारा बोकेको युवा एकता, रुद्रपुर को आयोजनामा गरिएको कार्यक्रममा अध्यक्ष दुर्गा राजकोटिले विकासको थालनी गर्न बन्दको अन्त्य गरिनु पर्ने कुरामा जोड दिनु भयो। सामाजिक अभियन्ता तथा संस्थाका कोषाध्यक्ष नर ब. बुढाथोकी, उपाध्यक्ष प्रेम राना, सदस्य टिकाराम सापकोटा “मधु“, हिमाल थापा लगायतले रुद्रपुरको विकासको लागि स्थिरता चाहिने र त्यसका लागि बन्दको अन्त्यको विकल्प नरहेको बताउनु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रकाश उपाध्याय पौडेलले गर्नु भएको थियो ।
हरैया बहुमुखी क्याम्पसको खेल मैदानबाट सुरु भएको मोटरसाईकल तथा साईकल र्यालीमा करिब तीन सय पचास मोटर साईकल र साढे छ सय समर्थकहरुको उपस्थितिमा र्याली सहीत युवाहरुले बन्दमुक्त क्षेत्र घोषणा अभियान चलाएका हुन् । पिपरीचापा, गरगरे, थकाली चोक, सुनगाभा चोक र धौलागिरी चोकमा कार्यक्रम गरी बन्द निषेधित क्षेत्र घोषणा गरिएको थियो । युवा मोर्चाद्वारा तिवारी हत्याको भत्र्सना बुटवल ।
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तीवारीको हत्या र त्यसले सिर्जना गरेको परिस्थीतीको विषयमा राजमुपाको युवा संगठन राष्ट्रिय युवा मोर्चा रुपन्देहीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गरी मोर्चाले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । युवा मोर्चाका जिल्ला अध्यक्ष हेमन्त बुढाथोकीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा हत्या र हिंसाको विरुद्धमा मोर्चा रहेको भन्दै तीवारीको हत्याप्रति गहिरो दुःख व्यक्त गरेको छ भने घटनाको घोर भत्र्सना गरेको छ ।
हत्यारालाई कानुनी कठघरामा ल्याउनु पर्ने माग समेत मोर्चाले गरेको छ । उसले विज्ञप्तिमा भनेको छ“– जे जस्तो कारणले घटना घटेको भएता पनि हत्या र हिंसाको विरुद्धमा मोर्चा रहन्छ । साथै घटनाको सत्य तथ्य राज्यले बाहिर ल्याउन जोड्दार माग गर्दछौं ।
