मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसमा ध्रुव रानामगर !

Read Time:5 Minute, 56 Second

परिवर्तन संस्थागत हुन नदिन षड्यन्त्र हुँदैछ : राना

रूद्र श्रीसमगर


Image may contain: 7 people, people standing


पोखरा, पुस ७ – नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिको अध्यक्षमा ध्रुव रानामगर सर्वसम्मत चयन हुनुभएको छ । रानामगर यसअघि, समितिको उपाध्यक्ष हुनुहुन्थ्यो ।


Image may contain: 3 people, people standing

बिहीबार सम्पन्न १९ औं क्याम्पस अधिवेशनबाट उपाध्यक्षमा रूपा रानामगर, सचिवमा निशा पुर्जामगर, सह–सचिवमा राजीव थापामगर र कोषाध्यक्षमा संगीता घर्तीमगर सर्वसम्मत चयन हुनुभयो । त्यसैगरी, सदस्यहरूमा लालकुमारी पुनमगर, पुनिकला घर्तीमगर, निशा रानामगर, सुरज थापामगर, निशान तिलिजा पुनमगर, सरस्वती रानामगर, प्रिती थापामगर, अभिषा थापामगर, आशा रानामगर, लीला बुढामगर, सुस्मिता थापामगर, प्रेमकुमारी थापामगर, उमा राम्जालीमगर र आरती बुढाथोकीमगर रहनुभएको छ ।

नेपाल मगर विद्यार्थी संघका महासचिव गोमबहादुर रानामगर अध्यक्ष, केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगर र गण्डकी अञ्चल समितिका सल्लाहकार प्रेम रोकामगर सदस्य रहेको निर्वाचन मण्डलले सम्पूर्ण निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो । नवनिर्वाचित नेतृत्वलाई नेपाल मगर पत्रकार संघका उपमहासचिव रूद्रबहादुर श्रीसमगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका केन्द्रीय सदस्य विवेक थापामगर, नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चल समितिका उपाध्यक्ष नेत्र घर्तीमगर र पृथ्वीनारायण क्याम्पसका निवर्तमान अध्यक्ष निशा घर्तीमगरले बधाई एवं शुभकामना दिनुभएको थियो ।

Image may contain: 18 people, people standing

यसअघि, अधिवेशनको उद्घाटन गर्दै संघका महासचिव गोमबहादुर रानामगरले केही ठूला भनिएका दलका नेताहरू परिवर्तनलाई संस्थागत गर्न नदिने षड्यन्त्रमा लागेको जिकिर गर्नुभयो । ‘केही ठूला भनिएका दलका नेताहरू परिवर्तनलाई तुहाउने षड्यन्त्रमा लागेका छन्’, रानामगरले भन्नुभयो, ‘संघीयताविरुद्ध आएका पछिल्ला अभिव्यक्ति त्यसैका संकेत हुन् ।’ मगर जातिलगायतका आदिवासी जनजातिलाई राज्यले सदियौंदेखि विभेदमा पारेको भन्दै रानामगरले समानुपातिक समावेशी प्रतिनिधित्व नभएसम्म देशको समृद्धि हुन नसक्ने उल्लेख गर्नुभयो ।

उद्घाटनसत्रमा संघका प्रचार सचिव फरेन्द्र थापामगर, पूर्व केन्द्रीय सदस्य एवं म्यूजिक भिडियो निर्देशक गोविन्द पुनमगर, नेपाल तामाङ विद्यार्थी घेदुङका केन्द्रीय सदस्य चन्द्र ग्याबक तामाङ, कास्की जिल्ला अध्यक्ष रेशम तामाङ, नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष दिनेश रोकामगर, पृथ्वीनारायण क्याम्पस समितिका पूर्व अध्यक्ष एवं सञ्चारकर्मी गोविन्द सिंजाली मगर लगायतले बोल्नुभएको थियो ।

सो-अवसरमा लोक तथा दोहोरी गायिका सरिता सारूमगरले सांगीतिक प्रस्तुतीद्वारा मनोरञ्जन गराउनुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट संघलाई योगदान दिएको भन्दै पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी एवं राष्ट्रिय रेफ्री टहलसिंह थापामगर, पत्रकार रूद्रबहादुर श्रीसमगर, म्यूजिक भिडियो निर्देशक गोविन्द पुनमगर, पत्रकार विनु मसराड्डीमगर, खडक घर्तीमगर, दीपक थापामगर, किरण घर्तीमगरलगायतलाई सम्मान गरिएको थियो ।

त्यस्तै, कार्यक्रममा छात्रवृत्ति रकम समेत वितरण गरियो । पृथ्वीनारायण क्याम्पस अंग्रेजी विभागका सह–प्राध्यापक निर्मल थापामगरको संयोजकत्वमा नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष दिनेश रोकामगर र पृथ्वीनारायण क्याम्पस अध्यक्ष निशा घर्तीमगर सदस्य रहेको छात्रवृत्ति प्रतिभा छनौट समितिले छात्रवृत्तिका लागि आवेदन दिएका ३४ मध्ये ६ जनाको छनौट गरेको थियो । जसमा शिक्षा संकायबाट अभिषा थापामगर, मानविकी संकायबाट दिवस पुनमगर, अपाड्डता भएकामध्येबाट रीतादेवी थापामगर र लोकमाया रानामगर, विज्ञान संकायबाट दुरमाया रानामगर र व्यवस्थापन संकायबाट आशा रानामगर रहेका छन् ।

निवर्तमान अध्यक्ष निशा घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुशान्त गाहामगर र उपाध्यक्ष ध्रुव रानामगरले स्वागत गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %