दुर्गा तिवारीको हत्यामा संलग्न अपराधीलाई तत्काल पक्राउ गर्न माग !

Read Time:2 Minute, 46 Second

 

गोविन्द घर्ती

देवदह, पौष ५ – सविधान संशोधन विरुद्धको आन्दोलनको नेतृत्व गर्नुका कारण युवा संघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गराएको हुन सक्ने नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले बताउनु भएको छ ।

युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको देवदहको खैरेनीमा अपराधी समुहले गोली हानी हत्या गरेका थिए । उहाले तिवारीको हत्या सरकार र प्रशासनको संरक्षणमा हुन सक्ने भन्दै अपराधीलाई कानुनी कठघरामा उभ्याएर छाड्ने दावी गर्नु भयो । पुर्व अर्थमन्त्री समेत रहनु भएका पौडेलले अपराधी खोज्ने काम राज्यको भएकोले तिवारीको हत्यामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरि कानुनी कार्वाही गर्न माग गर्नु भयो । देवदहको खैरेनीमा भएको कोणसभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो ।

सरकारले आन्दोलनलाई गुमराहमा राख्नको लागि विज्ञानराज शर्माको नेतृत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको भन्दै छानविन समितिले यर्थात र निष्पक्ष रुपमा छानविन गर्नुपर्नेमा जोड दिनु भयो । तिवारीको हत्याले पार्टीको एउटा होनहार कार्यकर्ता गुमाएको बताउदै अपराधीलाई पक्राउ गर्न पार्टीले सरकारलाई दवाव दिने बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै अर्का उपमहासचिव धनश्याम भूषालले हत्यारा पत्ता नलगाई पार्टीले नछाड्ने दावी गर्नु भयो । उहाले अपराधी जो सुकै भएपनि कठघरामा उभ्याएर छाड्ने दावी गर्दै हत्यारालाई पक्राउ गर्न सम्पूर्ण आम नागरिकले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

यसैवीच दुर्गा तिवारीको हत्याको विरुद्धमा रुपन्देहीको देवदहमा नारा जुलुस सहित प्रदर्शन गरिएको छ । देवदहको खैरेनी र्यालीले देवदह क्षेत्रको विभिन्न भागको परिक्रममा गरी खैरेनी चोकमा कोणसभामा परिणत भएको थियो । र्यालीमा पार्टीका नेता, कार्यकर्ता, स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %