नेकपा एमालेको भातृसंगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या !

Read Time:2 Minute, 17 Second

गोविन्द घर्ती


Image may contain: one or more people, glasses, close-up and outdoor
देवदह, पुस ४ – रुपन्देहीको देवदहमा नेकपा एमालेको भातृसंगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ ।

घरबाट नगरपालिका जाने क्रममा मोटरसाईकलमा आएका अपराधीले तिवारीलाई गोली हानी हत्या गरेको हो । कोखामा एउटा गोली लागी गंभिर घाईते भएका तिवारीको उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको देवदह प्रहरी चौकीले जनाएको छ । देवदहको खैरेनी निवासी ३९ वर्षका तिवारी माथि अपराधीहरुले गोली हानेर भागेको रुपन्देही प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको र गोली हान्ने अपराधीको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

युवा संघ रुपन्देहीले अपराधिलाई पक्राउ नगर्दा सम्म लास उठाउन नदिने भनि भलुही मेडिकल कलेजको गेटमा केही बेर नाराबाजी समेत गरेका थिए । नारा जारी पछि मृतक तिवारीको लास देवदह मेडिकल कलेजमा राखिएको प्रहरीले जनाएको छ । तिवारीलाई गत फागुनमा आफनै ईट्टाभत्ताबाट निस्कने क्रममा गोली प्रहार गरिएको थियो । तर त्यती खेल तिहावरी बच्न सफल भएको यियो । गोली प्रहार पछि प्रहरी प्रशासनलाई जानकारी दिएपनि प्रहर् प्रशासनले वेवास्ता गरेका कारण अहिले तिवारीको हत्या भएको युवा संघले जनाएको छ ।

त्यसैगरि देवदहको खैरेनीमा तिवारीको हत्याको विरुद्धमा युवा संघ नेपालका युवाहरुले आन्दोलन गरिरहेको छ । आन्दोलनका कारण सम्पूर्ण सवारी साधन ठप्प रहेको छ । युवा संघ नेपालले रुपन्देहीको विभिन्न स्थानमा आन्दोलन गरिरहेको छ ।
 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %