देब पचभैया

पाल्पा, पौष ४ – राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय महासचिव केशव सुर्यबंशीले संविधान पुर्नलेखन गर्न माग गर्नुभएको छ । जनमुक्ति पार्टी पाल्पाको छैठौ जिल्ला अधिवेशनको सोमवार तानसेनमा उद्घाटन गर्दे उहाले अहिलेको संविधानलाई टुक्रा टुक्रामा संसोधन गर्नुभन्दा पुर्नलेखन गर्नुपर्नेमा जोड दिनुभएको हो । खराव कुरा फाल्ने र नया धारा थपेर अघि बढ्नुपर्नेमा उहाको जोड छ ।
साना दलप्रति अंकुश लगाउन अहिले थ्रेस होल्डको कुरा आएको भन्दै महासचिब सुर्यबंशीले यदि निर्वाचनमा थ्रेस होल्डको ब्यवस्था गरे देश पुन द्धन्द्धमा फस्ने चेतावनी दिनुभयो । नेपालमा एक यस २५ बढी जातजाति रहेको र उनीहरुमा चेतना बढ्दै जादा राजनैतिक अधिकार खोज्ने भएकाले थोरै जनसंख्या भएकाहरुले निर्वाचन बाट आफ्नो अधिकार प्राप्त गर्न नसक्ने र उनीहरुले हतियार उठाउनु पर्ने बाध्यात्मक अवस्था आउने उहाको भनाई छ ।
कार्यक्रमका बिशिष्ट अतिथि जनमुक्ति पार्टीका उपमहासचिब एबं पार्टीका प्रचार बिभाग प्रमुख टोप अस्लामीले समानता, संघियता र धर्मनिरपेक्षता आफ्नो पार्टीको मुल सिद्धान्त रहेको भन्दै आफ्नो पार्टीको बिचारले देशमा स्थान पाएको दावी गर्नुभयो ।

जनमुक्ति पार्टी पाल्पाको जिल्ला अधिबेशनको पुर्ण सफलताको कामना गर्दे बिष्णु माया थापा, बालकिशोर राना, ईन्द्र मास्की, गिता सारु, धनकेशर सुर्यबंशी लगाएतले बोल्नु भएको थियो । निवर्तमान अध्यक्ष खुम बहादुर सिंजालीको अध्यक्षता र जिल्ला सचिब उजिर उजिर दर्लामीको संचालनमा उद्घाटन शत्र सम्पन्न भएको थियो । अधिबेशनमा दुई नगरपालीका र ५५ गाविस बाट एक एक जना प्रतिनिधिको सहभागीता थियो ।
