मगर विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसको अध्यक्षमा किसान थापामगर चयन !

Read Time:3 Minute, 37 Second

प्रेम रोका मगर

Image may contain: 17 people, people standing

पोखरा, पुस  ४ – नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति कास्कीले विभिन्न क्याम्पस तथा मा.वि.हरूमा संगठन विस्तारलाई तीव्रता दिएसँगै पोखरा–८, सिमलचौर स्थित जनप्रिय बहुमुखी क्याम्पसमा १९ सदस्यीय नेपाल मगर विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पस समिति गठन गरेको छ ।
आइतबार बिहान भएको मगर विद्यार्थीहरूको एक भेलाले उक्त समिति गठन गरेको हो जसमा अध्यक्षमा किसान थापामगर सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा डेक पुनमगर, सचिवमा वसन्ती आले मगर, सह–सचिवमा धनिका गर्बुजामगर, कोषाध्यक्षमा अञ्जली पुर्जामगर रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा क्रमशः दिवश थापामगर, हेमन्त मगर, सोनम मगर, गोविन्द हिस्की मगर, खिविन्द पुन मगर, कमल गर्बुजा पुनमगर, किरण पुर्जा पुनमगर, नन्दिता थापामगर, बिनु पुनमगर, रोश्नी थापामगर, निशा थापामगर, मनिला राना मगर, अमृत रानामगर, पुकार आलेमगर रहनुभएको छ ।

भेलामा प्रमुख अतिथिको रूपमा बोल्नुहुदै संघका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगरले अबका मगर विद्यार्थीहरू मगर समुदायमा भएका कुरीति, अन्धविश्वासको वातावरणबाट बाहिर निस्केर मगर र मगर समुदायको गुमेका हकहितको लागि संघर्ष गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो र यसका लागि संगठित हुन आवश्यक रहेको बताउनुभयो । साथै, राज्यको विभेदकारी नीतिलाई जरैदेखि उखेल्न कम्मर कसेर लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो भने आगामी माघको १५, १६ र १७ गते मोरङको लेटाङमा हुन गइरहेको संघको नवौं राष्ट्रिय महाधिवेशन तयारीमा जुट्न समेत निर्देशन दिनुभएको थियो ।

त्यस्तै, नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चल समितिका सल्लाहकार प्रेम रोका मगरले वर्तमान शिक्षा वैज्ञानिक, व्यवहारिक र बहुभाषिक नभएको र आफ्नो मातृभाषामा अध्ययन गर्न नपाउनुले नै मगर विद्यार्थीहरू पछि परेको बताउनुभयो । यद्यपि, हरेक क्षेत्रमा लाग्नको लागि शिक्षा आवश्यक रहेकोले सबै मगर विद्यार्थीहरूलाई गहण रूपमा अध्ययन गर्ने र राज्यबाट खोसिएका हक, अधिकारको पुन प्राप्तिका लागि संघर्ष गर्नुपर्ने बताउनुभयो ।

संघका जिल्ला अध्यक्ष दिनेश रोकामगरको अध्यक्षतामा सम्पन्न भएको भेलाको सञ्चालन संघकै जिल्ला उपाध्यक्ष एवं पृथ्वीनारायण क्याम्पस समितिकी अध्यक्ष निशा घर्तीमगरले गर्नुभएको थियो भने स्वागत पृथ्वीनारायण क्याम्पस समितिकै पूर्व सह–सचिव तुल्सी पुनमगरले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %