च्यह ल्होछार स्योकैंमा विभिन्न व्यक्तित्व सम्मानित !

Read Time:4 Minute, 16 Second

ल्होछार तमु जातिको पहिचान हो : देव गुरुङ

रुद्र श्रीसमगर

पोखरा, पुस  २ – तमु जातिको महान् सांस्कृतिक चाड च्यह ल्होछारको पावन अवसरमा आयोजित स्योकैं कार्यक्रममा विभिन्न व्यक्तित्व सम्मानित भएका छन् । तमुस्यो रि च्हमी परिवारद्वारा शनिबार आयोजित स्योकैंमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित भए ।

Image may contain: 18 people, people standing and indoor
सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै पूर्व स्थानीय विकास तथा कानून मन्त्री देव गुरुङले ल्होछार तमु समुदायको पहिचान भएको उल्लेख गर्नुभयो । नेकपा (माओवादी केन्द्र) प्रदेश नं. ४ का इञ्चार्ज समेत रहनुभएका गुरुङले तमु चेलीबेटीहरूले आफ्नो मौलिक चाडबाड मनाउँदा पनि सामाजिक कार्यलाई जोड दिएकोमा खुशी व्यक्त गर्दै सांस्कृतिक पर्वलाई नयाँ सन्दर्भमा नयाँ तरिकाले मनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं कास्की संयोजक राजकाजी गुरुङ ‘करण’, अर्का नेता बखानसिंह गुरुङ ‘आभाष’, लालबहादुर गुरुङलगायतको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका तमु एवं तमुस्यो व्यक्तित्वहरूलाई सम्मान गरियो । लोक तथा दोहोरी गायक आरके गुरुङ, मिस तमुस्यो नेपाल–२०१६ की बिजेता निशा गुरुङ, फेसबुक सामाजिक अभियन्ता सरिता गुरुङ, समाजसेवी मैना गुरुङ, वरिष्ठ संस्कृतिकर्मी एवं गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, सोल्टी फोम हाउस, सिजन इम्पोरियमका चोकबहादुर गुरुङ, नमस्ते किड्सका सगुन गुरुङ, महिला उद्यमी पवित्रा गुरुङ, वाइट लोटस स्टुडियो प्रालिका प्रबन्ध निर्देशक युग गुरुङ र एकीकृत सिर्जनशील समाज नेपालकी सञ्चालिका समाजसेवी जुनु पुनमगरलाई सम्मान गरिएको थियो ।

एकीकृत सिर्जनशील समाज नेपाल, काठमाडौंका तर्फबाट समाजसेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै मिलन फाउण्डेशन नेपाललाई पनि सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई पनि सम्मान गरिएको थियो । सोही अवसरमा मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’लाई पनि कार्यक्रम सफल पार्न विशेष योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा लोक तथा दोहोरी गायक एवं गायिकाहरू कुमार पुन, आरके गुरुङ, इन्द्रा गुरुङ, जयकुमार परियार, सुरेन्द्र गुरुङ, सुजन गुरुङलगायतले सांगीतिक प्रस्तुती राखेका थिए । कार्यक्रमबाट उठेको रकम खर्च कटाएर एकीकृत सिर्जनशील समाज, नेपाल काठमाडौंमा रहेका द्वन्द्वपीडित एवं भूकम्पपीडित बालबालिकाहरुका लागि सहयोग गरिने कार्यक्रम संयोजक गौरी गुरुङले जानकारी दिनुभयो । तमुस्यो रि च्हमी परिवार अन्तर्गत कार्यक्रम संयोजक गौरी गुरुङसहित निशा, सुगन्ध र पुनम गुरुङले कार्यक्रमको आयोजना गरेका हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %