भुजेल समाजको छैठौं महाधिवेशनबाट अध्यक्षमा लोकबहादुर भुजेल चयन !

Read Time:2 Minute, 44 Second

रूद्र श्रीसमगर

पोखरा, पुस १ – भुजेल समाज सेवा समिति, केन्द्रीय समितिको छैटौं राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न भएको छ । महाधिवेशनले आगामी ४ वर्षको लागि लोक बहादुर भुजेल (काठमाण्डौ)को अध्यक्षतामा ३४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका छ ।

समाजको विशिष्ट उपाध्यक्षमा खेमराज भुजेल (धादिङ), महासचिवमा पानबहादुर घर्ती (कास्की), उपाध्यक्षमा बुद्ध घर्ती (काठमाण्डौ), विष्णु कुमारी भुजेल (कास्की), लिला भुजेल (काठमाण्डौ), श्रीप्रसाद जिटी (स्याङ्जा), कुलबहादुर भुजेल (महोत्तरी), लालबहादुर भुजेल (जुम्ला) लाई चयन गरेको छ ।

यसैगरी, सचिवमा हिलारीबन्धु भुजेल (ओखलढुड्डा), तिर्सन घर्ती (नवलपरासी), प्रकाश भुजेल (कास्की), रामगोपाल भुजेल (काभ्रे), गीता भुजेल (दोलखा), इन्द्र बहादुर भुजेल (सिन्धुली), बिमल बहादुर भुजेल (तनहुँ) लाई चयन गरेको छ ।

त्यसैगरी, कोषाध्यक्षमा भीम भुजेल (मकवानपुर), सहकोषाध्यक्षमा पूर्णमाया भुजेल (नवलपरासी) र सदस्यहरूमा ज्ञानेन्द्रकुमार थापा भुजेल (रुपन्देही), महेन्द्रबहादुर भुजेल (काठमाण्डौ), गंगाबहादुर भुजेल (बागलुङ), दुर्गाबहादुर भुजेल (रामछाप), रामकृष्ण भुजेल (सिन्धुपाल्चोक), राजकुमार भुजेल (लमजुङ), चुडामणि भुजेल (इलाम), जितबहादुर भुजेल (तेह्रथुम), सानोमैया भुजेल (ओखलढुड्डा), रामबहादुर भुजेल (नुवाकोट), केशर बहादुर भुजेल खवास (झापा), गोमादेवी भुजेल (दोलखा), तीर्थ भुजेल (भोजपुर), कमलबहादुर भुजेल (कास्की), सुमन भुजेल (काभ्रे) र जानुका भुजेललाई चयन गरेको भुजेल समाज कास्कीका अध्यक्ष मनबहादुर भुजेलले जानकारी दिनुभयो ।

भुजेल समाजका केन्द्रीय अध्यक्ष सूर्यबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %