सरनवारीमा दुई दिने प्रांगारिक प्रमाणिकरण अगुवा कृषक तालिम सम्पन्न

Read Time:2 Minute, 24 Second

गोबिन्द घर्ती मगर

मंसीर ३० । रुपन्देहीको देवदह–७, सरनवारीमा दुई दिने प्रांगारिक प्रमाणिकरण अगुवा कृषक तालिम सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको आयोजना र सरनकालीका कृषक समुहको व्यवस्थापनमा उक्त तालिम सम्पन्न भएको हो । अर्गानिक तरकारीको पकेट क्षेत्रको रुपमा परिचित सरनवारीका कृषकहरुलाई क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ उक्त तालिमको आयोजना गरेको कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । कृषकहरुलाई प्राविधिक ज्ञान, मलको प्रयोग कसरी गर्ने भन्ने विषयमा तालिम संचालन गरिएको थियो ।
सो अवसरमा बोल्दै जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटाले देवदहको सरनवारी तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा लिदै आएको र कृषिकहरु व्यवसायीक तरकारी खेतीमा लाग्नु पर्नेमा जोड दिए । सापकोटाले परम्परागत कृषि पेशालाई परिवर्तन गरी व्यवसायीक रुपमा कृषि पेशा अपनाउन सके आर्थिक रुपमा समेत बलियो हुने विश्वास व्यक्त गरे । कार्यालय प्रमुख सापकोटाले सरनवारी तरकारी खेती संगै अन्य कृषिका पेशाहरु समेत संचालन गर्न कृषकहरुलाई आग्रह गरे । स्थानीय करिव ३१ जना कृषकहरुको सहभागिता रहेको तालिमको सहजीकरण कृषि प्राविधिक ऋषिराम अधिकारी र देवदह कृषि सेवा केन्द्रका प्रमुख रामनारायण चौधरीले गरेका थिए ।
सरनबारिका कृषक समुहका अध्यक्ष मान बहादुर गाहाको अध्यक्षतामा भएको समापन कार्यक्रममा तालिम पश्चात कृषिलाई कसरी व्यवसायीक बनाउने र बजारको प्रवर्द्धनका विषयमा आफुहरुले ज्ञान प्राप्त गरेको सहभागि कृषकहरुले बताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %