मिलन फाउण्डेशन नेपालद्वारा पर्वतको देउपुरमा निःशुल्क आँखा शिविर सम्पन्न

Read Time:3 Minute, 17 Second

२ सय ९ जनाद्वारा आँखा परीक्षण, ६ जनाको निःशुल्क शल्यक्रिया गरिने

रूद्र श्रीसमगर

देउपुर (पर्वत), २८ मंसिर

मिलन फाउण्डेशन नेपालले पर्वतको देउपुरमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

हिमालय आँखा अस्पताल, घारीपाटन, पोखराको प्राविधिक सहयोग र अम्मर–हाइसुबा शैक्षिक प्रतिष्ठान, देउपुर, पर्वतको व्यवस्थापनमा मंगलबार सम्पन्न शिविरमा २ सय ९ जनाले निःशुल्क आँखा परीक्षण गराए । आँखा परीक्षण गराएकामध्ये मोतियाबिन्दु भएका ६ जनाको निःशुल्क शल्यक्रिया गरिने भएको छ । अस्पतालमै आवासीय सुविधासहित ६ जनाको बुधबार शल्यक्रिया गरिने फाउण्डेशनका सचिव मदन गुरुङले जानकारी दिए । शिविरमा हिमालय आँखा अस्पताल, पोखराका डा भोजराज गौतम, डा प्रफुल्ल शर्मा, धर्मराज यादव, दीपक मल्लले बिरामीहरूको आँखा परीक्षण गरेका थिए ।

शल्यक्रिया गर्नका लागि ६ जना बिरामीहरूलाई मंगलबारै अस्पताल ल्याइएको छ । बिरामीहरूलाई अस्पतालसम्म ल्याउने र लैजाने व्यवस्था आयोजक संस्था फाउण्डेशनले गरेको छ । त्यसका लागि यातायात खर्चको प्रायोजन फाउण्डेशनका कार्यसमिति सदस्य सरस्वती क्षत्री र नारायण क्षत्रीले गरेको हो ।

यसअघि, शिविरको उद्घाटन कार्यक्रममा अम्मर हाइसुबा शैक्षिक प्रतिष्ठानका अध्यक्ष डम्बर सिंह गुरुङ, हिमालय आँखा अस्पताल, पोखराका डा भोजराज गौतम, हिमालय मावि, देउरालीका सहायक प्रधानाध्यापक विष्णु प्रसाद सुवेदीले बोलेका थिए । देउपुर–१, मैदानस्थित जननेत्र उच्च माविको प्राङगणमा भएको शिविरमा देउपुर, देउराली, आर्थर डाँडाखर्क, भुकताङ्ले लगायतका गाविसबाट आँखा परीक्षणका लागि आएका थिए । शिविरमा मिस तमुस्यो–२०१६ की बिजेता निशा तमुस्यो र फष्ट रनर अप स्यारोन तमुस्योले स्वयंसेवा गरेका थिए ।

फाउण्डेशनका कार्यवाहक अध्यक्ष देवी कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मदन गुरुङ तथा स्वागत सहसचिव कमल थापाले गरेका थिए । फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ र अध्यक्ष गंगा गुरुङले शिविरको आयोजनाका लागि सहयोग गरेको हो । फाउण्डेशनले शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %