उत्पादन र व्यवसायीक क्षेत्रमा कृषि सहकारीहरुले लगानी गर्नु पर्ने !

Read Time:3 Minute, 13 Second

गाविन्द घर्ती

देवदह, मंसीर २८ – उत्पादन र व्यवसायीक क्षेत्रमा कृषि सहकारीहरुले लगानी गर्नु पर्ने रुपन्देहीको देवदह–३, सेमराहानामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले कृषिको प्रवद्र्धन गरी सहकारीहरुले कृषक लक्षित कार्यक्रम ल्याउन आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रमका वक्ताहरुले परम्परागत कृषि पेशालाई परित्याग गरी आधुनिक र व्यवसायीक बनाउनु पर्नेमा जोड दिएका थिए । साना किसान कृषि सहकारी संस्था केरवानीको १६ औं साधारणसभा तथा ८ औं अधिवेशनमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सोही कार्यक्रममा बोल्दै साना किसान कृषि सहकारी बैकमा संचालक सुकदेव न्यौपानेले शेयर बृद्धि नहुदा सम्म संस्थाले प्रगति नसक्ने हुदा शेयर सदस्यहरुले शेयर बृद्धि गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाले सम्पूर्ण शेयर सदस्यहरुले बचत गर्ने वानी बसाल्नु पर्नेमा जोड दिदै सहकारी संस्थाहरुलाई राज्यले लगाउदै आएको करको विषयमा आफुहरुले छलफल गरीरहेको बताउनु भयो । संस्थाका अध्यक्ष जगत गिरीको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान कृषि कृषि सहकारी संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रिय सदस्य झुपा न्यौपाने, कृषि सहकारी बैक रुपन्देहीका रुमबहादुर थापा, साना किसान कृषि सहकारी संस्था देवदहका अध्यक्ष टिका गौतम, प्रजापति सापकोटा, सिता वस्याल, थमबहादुर बुढाथोकी, बमबहादुर गुरुङ्ग, विष्णु पाण्डे लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट कृषक, विद्यार्थी, लेखा समिति तथा पुर्व संचालकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष गिरीले बार्षिक प्रतिवेदन र लेखा संयोजक यज्ञ अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष शिवधारी अहिरको स्वागत र बोधराज गौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले शिवधारी अहिरको अध्यक्षतामा नया संचालक समिति गठन गरेको छ । जसको उपाध्यक्षमा पुर्णकली खरेल, सदस्यहरुमा माया क्षेत्री, बोधराज गौडेल, हुमाकान्त पंगेनी, जगत गिरी, विष्णु ज्ञवाली, टिका पाण्डे, गंगा डुम्रे, पिताम्वर न्यौपाने रहनु भएको छ । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %