मगर विद्यार्थी संघ कालिका पब्लिक कलेजमा गीता थापामगर

Read Time:1 Minute, 23 Second

रूद्र बहादुर श्रीस

पोखरा २६ मंसिर

पोखरा–१०, रामबजारस्थित रहेको कालिका पब्लिक कलेजमा १९ सदस्यीय नेपाल मगर विद्यार्थी संघ कालिका पब्लिक कलेज समिति गठन भएको छ ।

आइतबार भएको भेलाबाट गीता थापामगर अध्यक्षमा सर्वसम्मत चयन भएको हो । त्यस्तै, उपाध्यक्षमा पूर्ण सारुमगर, सचिवमा युवराज थापामगर, सह–सचिवमा वसन्ती आलेमगर र कोषाध्यक्षमा चन्द्र जुग्जालीमगर चयन भएका छन । त्यसैगरी, सदस्यहरूमा सबिना रानामगर, अनुशा थापामगर, विन्दा आले मगर, संगीता थापामगर, सञ्जु तिलिजामगर, अनिता थापामगर, रुपा आलेमगर, अञ्जना रानामगर, सरिता थापामगर, अरुण पुनमगर, रोशन थापामगर, रामकृष्ण सारुमगर, राजु रानामगर र खिम मसरांगीमगर रहेका छन ।

भेलामा बोल्दै नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष दिनेश रोकामगर र कोषाध्यक्ष सुशान्त गाहामगरले संघको आसन्न नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %