लुम्बिनी कपिलवस्तु प्रबर्दन अभियान इजरायलको ८ औँ बार्षिक उत्सव सम्पन्न !

Read Time:5 Minute, 18 Second

माया घले मगर

इजरायल, डिसेम्बर ११ – लुम्बिनी कपिलवस्तु प्रबर्दन अभियान इजरायल समितिले  ८ औँ बार्षिक उत्सव कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा लुम्बिनी कपिलवस्तु प्रबर्दन अभियानको आयोजकनामा गत २ माहिना सम्म उध्घोषण तालीम र एडभन्स ८ हप्ते तालिम गरिसकेको हुँदा दोस्रो तालिमको प्रमाण पत्र तयारी नभएका कारण पहिलो तालिमको प्रमाण पत्र प्रशिक्षार्थीहरु लाई बितरण गरिएको थियो।

सोही तालीमका प्रशिक्षार्थीहरु बाट कार्यक्रम सन्चालन गरेका थिए। बुद्धको स्थान सजावटको लागि कादंबरी श्रेष्ठ र रमन अधिकारी हुनुहुन्थ्यो बुद्धको मुर्तीमा फूल, धुप दिप प्रज्जलन प्रमुख अतिथि नेपाली राज दूताबासका कार्यवाहक सचिब र सोही अभीयांनकी अध्यक्ष मीना बान्तावा राई ज्यूको तर्फबाट भयो । त्यस्तै केक कार्यक्रमकी सभापति रार्इ ज्यू कै तर्फबाट काटने काम  भएको थियो।
 
लुम्बिनी कपिलवस्तु प्रबर्दन अभियान इजरायलको तर्फबाट प्रशिक्षक पुष्प श्रेष्ठ ज्यूलाई मायाको चीनों उपहार हस्तान्तरण गरियो । उक्त कार्यक्रममा सहभागी इजरायलमा रहेका संघ संस्थाहरुका कार्यकर्ताहरु साथै अन्तराष्ट्रिय कलाकार मञ्चबाट उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सोही अभियानकी भीमा माया नेम्वाङ र मुना सिवाकोटीले गर्नु भएको थियो भने स्वागत भाषण तथा महत्वको बारेमा महासचिब गीतकार दाना कादम्बरी श्रेस्ठ ज्युले गर्नुभएको थियो।
 
उक्त कार्यक्रममा प्रमुख अतिथिले भन्नुभयो हामीले बुद्धलाई महत्व दिन नसक्नु हाम्रो कमजोर हो हामीले धर्म अभियान सहित बुद्ध जन्म भूमीलाई पनि सुधार गर्नको लागि महत्व दिनुपर्ने बेला आएको बताउनु भयो।

श्री सत्य साई केन्द्रकी नेहा गुरुङ र अभियानकी सलाहकारले  पनि हामीले नेपालमा जन्मेको बुद्धको महत्व बुझेका छैनौँ बुझ्नु आवस्यक छ र इजरायलमा यो अभियान छ हाम्रो नेपाली सबैको हो भन्नु भयो। त्यस्तै लुम्बिनी अभियानकी सदस्य रुपन्देही समाजकी अध्यक्ष तारा पोखरेलले बुद्ध र बुद्धत्व के हो भन्ने बारेमा बताउनुभयो।
 
कार्यक्रममा कबिता वाचन समेत भएको  थियो कबिता बाचनमा अभियानकी सदस्य समेत रहनुभएकी गीतकार नूतन भुसालले बुद्धत्वको बारेमा मिठो कबिता बाचन गर्नुभएको थियो । अर्का अभियानकी सदस्य कबिता सुनुवार, मूना सिवाकोटी, भीम माया नेमहंग साथै अभियानका सलाहकार नेपाली जनसम्पर्क समिति इज्रायलका  अध्य्क्ष  दीपेंद्र थापा ज्यू ले आफ्ना छोटो भनाइ सहित बुद्धको कबिता वाचन गर्नुभएको थियो।

अभियानकी सदस्य तथा प्रशिक्षार्थी लामू शेरपाले उद्घोषण शिक्षाको बारे छोटो अनुभव बोल्नु भई अभियानले गरेको सरहानीय कामको प्रसंसा गर्नुभएको थियो। कलाकार मंचबाट प्रतिनिधि संगीतकार रियाज शिवकोटि ज्यूले  उदय सोताङ्गको गीत नवराज खड्काको रचना रहेको फर्क बुध्द नामक गीत गाउनु भएको थियो। त्यस्तै रमन अधिकारी अभियानको सदस्य समेत रही राष्ट्रिय कलाकार मंचका अध्य्क्ष ज्यू अभियानमा कार्यक्रम सहयोगी, प्राविधिक पूर्ण सहयोग गर्नु भएको थियो।

लुम्बिनी कपिल बस्तु प्रबर्द्नन इजरायल परिवार ब्यक्त गर्दछकी जो ज्ञात अज्ञात तन मन धन ले इजरायल मा स्थापना काल देखि  आज सम्म सहयोग गर्दै आउनुहुने र गरी रहनु भएका यहां हरु को सहयोग सराहनीय छ र आगामी दिनमा पनि पाई रहनेछौ। यहाँ हरु लाई धेरै  धन्यबाद भन्दै हामी धेरै आभारी छौ भन्नुभयो । अन्त्यमा सभापतिबाट विसर्जन सबैलाई धन्यबाद दिनुहुँदै कार्यक्रम सकिएको घोषणा गर्नु भएको थियो।लुम्बिनी कपिल बस्तु प्रबर्द्नन इजरायलका अध्यक्ष् मिना बान्तवाले बताउनु भयो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %