गोविनद घर्ती
देवदह, मंसीर २६ – महिला हिंसा न्यूनिकरणको लागि महिलाहरुलाई उत्पादनका साधनमा स्वामित्व दिनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले महिलालाई शिक्षा, स्वास्थ्य, रोगार संगै अचल सम्पत्तिमा समानता दिनु पर्नेमा जोड दिएका थिए । १६ दिने महिला हिंसा विरुद्धको अभियान अन्र्तगत देवदह नगरपालिका र लुम्विनी सामुदायिक टेलिभिजनद्धारा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रमका वक्ताहरुले महिला हिंसा संगै पुरुष हिंसा समेतको शुरुवात भएको भन्दै लिङ्गिय हिंसा रोक्नको लागि घरबाट शुरु गर्नुपर्नेमा जोड दिएका थिए ।
लिङ्गिय रुपमा हिंसाघट्नुको प्रमुख कारण शिक्षामा कमी, रोजगारी नहुनु, मादक पदार्थको सेवन, सामाजिक रिति रिवाज, अन्तजातिय विवाह, जैविक आश्यकता लगायत रहेको हु्दा न्यूनिकरणको लागि कारकतत्व हटाउनको लागि सवै लाग्नु पर्ने बताएका थिए । महिला विरुद्ध हुने हिंसा न्यूनिकरण गर्न १६ दिने महिला हिंसा विरुद्ध अभियानले सकारात्मक परिवर्तन ल्याएको कार्यक्रमका वक्ताहरुले बताएका थिए । उनीहरुले महिला हिंसा मानव अधिकारको चुनौती रहेको समेत बताएका थिए । देवदह क्षेत्रमा हुने महिला हिंसाका घटनाहरुलाई न्यूनिकरण गर्न देवदह नगरपालिकाका लागि परेको देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले बताए ।
घिमिरेले महिला हिंसा न्यूनिकरणको लागि छोरी र बुहारी वीच तथा सासु र बुहारी वीच हुने विभेदको समेत अन्त्य हुनु पर्नेमा जोड दिए । सुरज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मुकुण्ड मरासिनी, मानव अधिकारी क्षेत्रीय कार्यालय बुटवलका प्रमुख बुद्ध साहनी, लुम्विनी सामुदायिक टेलिभिजनका समाचार प्रमुख भगवती पाण्डे, महिला विकास समन्वय समिति देवदहका उपाध्यक्ष पार्वती न्यौपाने, इेन्सेक प्रतिनिधि रिमा विसि, नगरपालिका कर्मचारी सृजना वली, सामुदायिक मेलमिलाप केन्द्र देवदहका संयोजक देवु भट्टराई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा सहभागिहरुले महिला हिसा सम्वन्धी आ–आफना जिज्ञासाहरु राखेको थिए । उनीहरुले कार्यक्रम प्रभावकारी बनाउन गाउ/टोल सम्म जनचेतना जगाउनु पर्नेमा जोड दिएका थिए ।
सरला भण्डारीको स्वागत र दिनेश पाण्डेको संचालनमा भएको कार्यक्रममा देवदह क्षेत्रमा क्रियाशिल राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला नेतृहरुको सहभागिता रहेको थियो ।
