अर्थमन्त्री अधिकारी अनुपस्थित भएपछि लेखासमितिको वैठक स्थगित

काठमाडौँ, १७ चैत
व्यवस्थापिका–संसद सार्वजनिक लेखा समितिको आजको बैठक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारी अनुपस्थित भएपछि  भोलिसम्मका लागि स्थगित भएको छ ।

अर्थसचिव रामेश्वर खनालले आफ्नो पदबाट राजीनामा दिएको  हो, होइन भन्नेबारेमा उपप्रधानमन्त्री अधिकारीसँग जानकारी लिने आजको बैठकको कार्यसूची रहेको थियो ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री अधिकारी बैठकमा अनुपस्थित भएपछि बैठकमा सहभागी सांसदहरुले अर्थमन्त्री नआएसम्म बैठक स्थगित गर्न माग गरेका थिए ।

समितिका सभापति रामकृष्ण यादवले अर्को बैठक भोलि ११ बजे बस्ने जानकारी दिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %