मगर बिधार्थी संघ पाल्पाको १० औ अधिबेशन सम्पन्न/पढाईमा ध्यान दिन अध्यक्ष आलेको आग्रह !

Read Time:6 Minute, 54 Second

देव पचभैया


पाल्पा, मंशिर २७ – नेपाल मगर विधार्थी संघका केन्द्रिय अध्यक्ष दिपा आलेले पढाईमा ध्यान दिन बिधार्थीहरुलाई आग्रह गर्नुभएको छ । आईतवार सम्पन्न नेपाल मगर बिधार्थी संघ पाल्पाको १० औ  जिल्ला अधिबेशनको उद्घाटन गर्दे अध्यक्ष आलेले धैर्यता  र अनुसासन बिधार्थीको मुल मन्त्र भएको भन्दै मगर बिधार्थीहरुलाई लाहुरे र बिदेश भन्दा निजामति सेवामा ध्यान दिन आग्रह गुर्नभयो । सानै उमेरमा बिहे गर्ने समस्या मगरहरुमा कायम रहेको भन्दै उहाले पछिल्लो समय मगर चेलीहरुले अन्र्तजातिय विहे गरेकै कारण धेरै समस्या भोग्नु परेको भन्दै यस बिषयमा बिधार्थीहरु चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा बोल्दै मगर बिधार्थी संघका केन्द्रिय सदस्य एबं मगरात ईन्चार्ज बिस्नु थापा र संघका अंचल सचिब तिलक थापाले  पहिचान  र अधिकार प्राप्तीका लागी बिधार्थीहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । संघको अधिबेशनको पुर्ण सफलताको कामना गर्दे मगर संघका पुर्व केन्द्रिय सदस्य मोहन थापा, मगर संघका जिल्ला अध्यक्ष बल बहादुर गाहा, जनजाति महासंघ पाल्पाका अध्यक्ष केयर सिंग राना, मगर बिधार्थी संघका सल्लाहकार ओम बहादुर घर्ती, कानुनी सल्लाहकार दोलख रास्कोटी, पत्रकार देब पचभैया, जनजाति पत्रकार महासंघ पाल्पाका अध्यक्ष राज कुमार आले, मगर संघ पाल्पाका सचिब राम बहादुर गरम्जा, जनजाति युवा महासंघका जिल्ला उपाध्यक्ष प्रेम बगाले, प्याब्सन नेपालका केन्द्रिय सदस्य खेम बहादुर सारु, आदिवासी जनजाति बिधार्थी महासंघका जिल्ला अध्यक्ष तेज घर्ती मगर, मगर संघ तानसेन नगर समितिका अध्यक्ष धन सिंग थापा, मगर बिधार्थी संघ पाल्पाका पुर्व सचिब टेकु ढेंगा, मगर महिला संघ पाल्पाका अध्यक्ष प्रतिक्षा सिंजाली, पुर्ब अध्यक्ष पुष्पा थापा, जनजाति अगुवा सन्तोश थापा, भुपू सैनिक लालमणि पुन, मगर बिधार्थी संघका पुर्ब उपाध्यक्ष मधुसुदन सिंजाली, पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन बिश्वकर्मा, बिधार्थी नेताहरु कृष्ण आले, हिरामणी पराजुली, पदम सोमै, पुरन पोख्रेल, राजकुमार पन्थी लगाएतले संघको जिल्ला अधिबेशनको पुर्ण सफलताको कामना गर्नुभएको थियो । मगर बिधार्थी संघका अध्यक्ष राधाकृष्ण दंगालको अध्यक्षता र सचिव सृजना सारुको संचालनमा उद्घाटन शत्र सम्पन्न भएको थियो ।

(रुपा थापाको नेतृत्वमा १९ सदस्सिय नया कार्यसमिति निर्वाचित)

नेपाल मगर बिधार्थी संघको १० औ जिल्ला अधिबेशनले रुपा थापाको अध्यक्षतामा आगामी १ बर्षका लागी १९ सदस्सिय नया कार्यसमिति  निर्वाचित गरेको छ । संघका निर्वतमा अध्यक्ष राधाकृष्ण दंगाल र उपाध्यक्ष रुपा थापा बिच आईतवार राती भएको निर्वाचनमा १३ मत बढी प्राप्त गरी थापा निर्वाचित हुनुभएको निर्वाचन संयोजक दोलख रास्कोटीले जानकारी दिनुभयो ।



अधिबेशनले उपाध्यक्षमा लंक राना, सचिबमा अमित रास्कोटी, सहसचिबमा रोसनी राना र  कोषाध्यक्षमा सरस्वती थापालाई चयन गरेको छ । सदस्यहरुमा सुमन सोमै, निसा राना, अशोक थापा, प्रतिमा सारु, शिव गाहा, झबिन्द्र गाहा, जिवन थापा, अनुष्का घर्ती मगर,खिमान सिंग नामजाली, खेम बहादुर गाहा, सुनिता गाहा, मिना ढेगा, दिपेश सोमै र सुनिता राना चयन हुनुभएको छ । अध्यक्ष पदमा मात्रै निर्वाचन भएको हो भने अन्य पदमा सहमति मार्फत चयन गरिएको हो ।

अधिबेशन सम्पन्न पछि निर्वाचन मण्डलका संयोजक दोलख रास्कोटी, मगर संघका नगर संयोजक धनसिग थापा, मगर महिला संघका अध्यक्ष प्रतिक्षा सिंजाली, बन्द शत्रका अध्यक्ष मण्डलका संयोजक खेम सारु, सदस्य तेज घर्ती र पुष्पा थापाले अधिबेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

(सबैको सल्लाह र साथ लिएर अघि बढ्छु : अध्यक्ष थापा )

नवनिर्वाचित अध्यक्ष रुपा थापाले सबैको सल्लाह र साथ लिएर अघि बढ्ने बताउनुभएको छ । मगर बिधार्थी संघको जिल्ला अध्यक्षमा निर्वाचित भएसंगै उहाले पुर्ब अध्यक्षहरु, पुर्ब पदाधिकारी एबं बिधार्थीको माउ सस्था मगर संघको निति र निर्देशन अनुसार आफ्नो एक बर्से कायकाललाई सफल बनाउन दिनरात खटिने बताउनुभयो ।

कार्यसममितिका सबै साथीहरुको भावनालाई समेटेर अघि बढ्ने प्रण गर्दे अध्यक्ष थापाले एक्लै कुनै पनि काम असम्भव भएको भन्दै सवैको सहयोग र साथ आवश्यक पर्ने बताउनुभयो । जनता नमुना उच्च माविमा गठन भएको मगर बिधार्थी संघको सदस्य, जिल्ला समिति सदस्य, उपाध्यक्ष हुदै उहा अहिले अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

बिर्घा ७ स्याङ्जा निवासी थापा हाल त्रिभुवन बहुमुखि क्याम्पसमा स्नातक पहिलो बर्षमा अध्ययनरत हुनुहुन्छ ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %