गणेश बहादुर थापा
काठमाडौंं, २५ मंसिर । नेपाल मगर संघ रामेछाप–काठमाडौं सम्पर्क समितिको छैठौं अधिवेशन २५ गते शनिवार काठमाडौंमा सम्पन्न भएको छ ।
नेपाल ल क्याम्पस प्रदर्शनीमार्गमा भएको अधिवेशनको उद्घाटन नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र थापा मगरले गरेका थिए । त्यस्तै विशेष अतिथिमा नेपाल मगर संघ पूर्व मध्यमाञ्चल उपाध्यक्ष तथा भाषाविद् खड्ग सारु मगर र अन्य अतिथिहरुमा नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका महासचिव होमराज खपाङ्गी मगर, सचिव झविन्द्र पुन मगर, सदस्यहरु ललिता थापा मगर, गंगा बहादुर थापा मगर(विजय)लगायत विभिन्न जिल्ला सम्पर्क समिति पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
अनुराधा थापा मगरको अध्यक्षतामा भएको अधिवेशनले १८ सदस्यीय नयाँ कार्य समिति र १५ सदस्यीय कल्याणकारी कोष समिति र १० सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।
सम्पर्क समितिमा अध्यक्ष– रामचन्द्र थापा मगर(टोकरपुर), उपाध्यक्ष– मोहन क्याप्छाकी मगर(बिजुलीकोट), सचिव– मिलन खपाङ्गी मगर, सहसचिव– हरि बहादुर आले मगर(देउराली), कोषाध्यक्ष– राजकुमार मगर(सुकाजोर), सहकोषाध्यक्ष– पदम थापा मगर(सुकाजोर), सदस्यहरुमा रविन्द्र सिंजाली मगर(दोरम्बा), मोहन खपाङ्गी मगर(दिमीपोखरी, प्रविना खपाङ्गी मगर (लखनपुर), शान्ता थापा मगर(फुलासी), छत्र बहादुर लुङगेली मगर (बिजुलीकोट), कृष्ण बहादुर सारु मगर(सुकाजोर), राकेश दर्लामी मगर (देउराली), प्रनिश आले मगर(सैपू), जानु सिदाली मगर(गोठगाउँ), मनिषा थापा मगर(लखनपुर) कविता आले मगर(देउराली) रहेको छन् ।
त्यस्तै कल्याणकारी कोष समितिमा अध्यक्ष जंग बहादुर मगर(देउराली), उपाध्यक्ष– धन बहादुर मगर(लखनपुर), सचिव मन्जु रैका मगर(सुकाजोर), सहसचिव– रामकाजी दर्लामी मगर(तिल्पुङ), कोषाध्यक्ष अन्जु रजन मगर (टोकरपुर), गोपाल सारु मगर(सुकाजोर) निर्मला मगर(सुकाजोर), निर्मला मगर(सुकाजोर) बलराम थापा मगर(टोकरपुर), पहल बहादुर मगर(देउराली), सुमन थापा मगर(नागदह), देवि थापा मगर(ओख्रनी), विजय राना मगर (बिजुलीकोट), प्रमोद मगर(विजुलीकोट), तिर्थ पूर्वछाने मगर (सुकाजोर), सुरेश मगर(नागदह) रहेका छन् ।
त्यस्तै सल्लाहकारहरुमा रक्ष बहादुर रैका मगर, माधव दर्लामी मगर, चन्द्र बहादुर थापा मगर, विजय थापा मगर, होमराज खपाङ्गी मगर, खड्ग बहादुर सारु मगर, यक्ष बहादुर दर्लामी मगर, मोहन काफ्ले मगर,अनुराधा थापा मगर, भूमेराज आले मगर रहेका छन् ।
