नेपाल मगर विद्यार्थी संघ राष्ट्रिय मावि अध्यक्षमा टेकबहादुर रानामगर !

Read Time:1 Minute, 32 Second

रूद्र श्रीसमगर


पोखरा, मंसिर २४ – नेपाल मगर विद्यार्थी संघ कास्कीले आफ्नो संगठन विस्तार अभियानलाई जारी राखेको छ । यसै क्रममा पोखरा–१, पूरानो टुँडिखेलस्थित राष्ट्रिय माविमा संघले समिति पुनर्गठन गरेको छ ।

शुक्रबार भएको भेलाबाट पुनर्गठित समितिको अध्यक्षमा टेकबहादुर रानामगर, उपाध्यक्षमा सिर्जना फगामीमगर, सचिवमा ज्ञानेन्द्र घर्तीमगर, सह–सचिवमा संगीता पुनमगर र कोषाध्यक्षमा सागर थापामगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा नवीन थापामगर, सुरेश बुढामगर, सिर्जना पुनमगर, रमेश बुढामगर, केशर पुनमगर, सुजन रोकामगर, रोशन फगामीमगर, मिनेन्द्र पुनमगर, दीपेन मगर, दिवेन्द्र घर्तीमगर, गीता पुनमगर, दिलमाया पुनमगर, मुना पुनमगर, एलिना पुनमगर र नवीना पुनमगर रहनुभएको छ ।

भेलामा नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष दिनेश रोकामगरले सम्पूर्ण मगर विद्यार्थीहरूलाई एकजुट भइ संघको आसन्न नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिनुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %