ट्याक्सी दुर्घटना हुदा तीन जनाको ज्यान गयो

Read Time:1 Minute, 32 Second

इलाम  १७ चैत ।
इलामको बरबोटे गाविस–१ स्थित तोरीबारीमा आज दिउँसो ११ बजे  मे १ ज ३५४ नम्बरको ट््याक्सी दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शान्तिडाँडा–२ का तिलक राई (५५) तथा नाम खुल्न नसकेका एक बालक र अन्य एक व्यक्ति रहेका छन् ।

दुर्घटनामा परी नौजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा शान्तिडाँडा–३ का आशा लिम्बु (२२), शान्त लिम्बु (२५), सम्झना श्रेष्ठ (३०), शान्तिडाँडा–४ का दिलबहादुर श्रेष्ठ (४२), सविन श्रेष्ठ (१३), शान्तिडाँडा–५ का दिलकुमार राई (३७) र झापाको खुदुनावारीस्थित भुटानी शरणार्थी शिविरका मनिता राई र इलाम नगरपालिकाकी प्रतिक्षा श्रेष्ठ रहेका छन् ।

घाइतेमध्ये केहीको उपचार जिल्ला अस्पताल इलाममा भइरहेको छ भने गम्भीर घाइतेलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

वर्षाका कारण बाटो चिप्लो भएकाले  ट्याक्सी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %