जनमुक्तिको शक्ति प्रदर्शन, पहिचान विरोधीहरुलाई झट्का !

Read Time:4 Minute, 35 Second

सनु थापा मगर

बुटवल, मंसिर २४ – प्रस्तावित लुम्विनी प्रदेश क्षेत्रमा पाँच नं प्रदेश टुक्रिन हुँदैन भन्ने कथित आन्दोलन चलिरहेको बेला उनीहरुलाई झट्का लाग्ने गरी पहिचान पक्षधर राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

उसले शुक्रबार राजमुपा रुपन्देहीको १५ औं जिल्ला भेलाको अवसरमा आयोजीत खुला मञ्च कार्यक्रम हजारौं जनसहभागितासहित बुटवल ट्राफिक चोकमा सम्पन्न गरेको हो । “पहिचान सहितको संघीयता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता ! भ्रष्टाचारको अन्त्य र समृद्ध नेपालको निर्माण हाम्रो प्रतिबद्धता !!” भन्ने मूल नारा सहित जिल्ला भेला सम्पन्न गरेको हो ।

सोही अवसरमा बोल्ने वक्ताहरुले अहिले सडकमा भईरहेका गतिवीधिहरु संघीयताका विरोधीहरुको खेल भएको बताए । केही पार्टीका मान्छेहरुले जनताको बलबाट प्राप्त उपलब्धीहरुलाई सिमित पार्टीको स्वार्थमा प्रयोग गर्न लागेकोमा जनताहरुलाई सचेत रहन जोड दिए । कार्यक्रममा बोल्ने नेताहरुले सिमाङ्कनका नाममा पहिचानका विरुद्ध कथित आन्दोलन र बन्दमा जनताहरुलाई भ्रम सिर्जना गराईएको भन्दै ति नेताहरुले पहिचानका पक्षमा रहेका आफुहरुको विशाल जनसहभागितालाई पनि ख्याल गर्न आग्रह गरे ।

पहिचान र संघीयता विरोधीहरुले बन्द,हड्ताल र अराजक गतीविधी गर्र्दै जनताहरुलाई सास्ती दिने नौटङ्की गर्नुको कुनै तुक नरहेको बताए । अहिले एकल जातीय नश्लवादीहरुले आदिवासी जनजाति, मधेसी, महिला, दलित लगायत उत्पीडित वर्गलाई हक र अधिकारबाट बञ्चित गर्नका लागि नश्लवादीय ताण्डव नाचहरु मञ्चन हुन लागेकोमा चिन्ता व्यक्त गरे । “नश्लबादी चिन्तन बोकेका टुक्क र उखानेहरुले बुटवलमा राष्ट्रवादीको नाममा गरेको अन्दोलन किन संविधान संशोधन विधेयक फिर्ता नहुँदै रोकिएको ? ” भन्दै प्रश्न समेत गरे

भेलामा पार्टीका यातायात ईन्चार्ज एवं केन्द्रिय सदस्य सुर्य कुमार सारु, राष्ट्रिय भूतपूर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष एवं पार्टीका केन्द्रिय सदस्य क्या. भिम बहादुर राना, महिला मोर्चाका केन्द्रीय अध्यक्ष होमाया गुरुङ्ग, संघीय परिषद् सदस्य तथा भाषिक विभाग प्रमुख दल बहादुर विरकट्टा, राष्ट्रिय युवा मोर्चाका केन्द्रीय कोषाध्यक्ष शंकर गाहा,संघीय परिषद सदस्य क्षत्र बहादुर दर्लामी, महिला मोर्चाका उपमहासचिव गिता सारु, दलित मोर्चाका जिल्ला अध्यक्ष हरिओम वि.क, लुम्बिनी राज्य परिषद्का कार्यवाहक अध्यक्ष धनि आले लगायतले भेलालाई सम्बोधन गर्नु भएको थियो ।

राष्ट्रिय जनमुक्ति  पार्टीका रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गको अध्यक्षता, वरिष्ठ जिल्ला उपाध्यक्ष मधु रानाको स्वागत र सचिव चित्र प्रसाद गुरुङ्गको संचालनमा भेला सम्पन्न भएको थियो । भेलाको पूर्वसन्ध्यामा पार्टीले बुटवल लखनचोकबाट र्याली निकालेको थियो । र्याली मिलनचोक, बसपार्क, पुष्पलालपार्क हुँदै ट्राफिकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।।।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %