देवदह नगरपालिकाको आर्थिक बर्ष २०७४/०७५ को तेश्रो चरणको पुर्व योजना तर्जुमा गोष्ठी सम्पन्न !

Read Time:2 Minute, 45 Second

 

गोविन्द घर्ती

देवदह, मंसीर २३ – देवदह नगरपालिकाको आर्थिक बर्ष २०७४/०७५ को तेश्रो चरणको पुर्व योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीले निति तथा कार्यक्रमहरु पास गरेको छ । गोष्ठीमा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देवदह नगरपालिको आगामी बजेट करिव ७ करोडको हुने बताउदै वडा भेलाबाट ५ लाख बरावरको योजना छनोट गर्न पाउने बताए । वडा भेलाले छनोट गर्ने ५ लाखलाई २ खण्डमा विभाजन गरी २ लाख बरावरको कृषि, पशुपालन, व्यवासीयक र ३ लाखमा पुर्वाधारका योजनाहरु छनोट गर्न पाउने निर्णय गरेको छ । आर्थिक बर्ष २०७४/०७५ को बजेट विनियोजन गर्दा पर्यटन, कृषि र पुर्वाधारलाई प्राथमिकता दिनु पर्ने सहभागिहरुले जोड दिएका थिए ।

गोष्ठीमा दीर्घकालिन निति, भौतिक पुर्वाधार, आर्थिक तथा सामाजिक विकास, संस्थागत विकास तथा शुसासन, सरसफाई र वातावरण, श्रोत परिचालन लगायतका नीति तथा कार्यक्रमहरु पारित गरेको छ । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगर विकास समितिका अध्यक्ष दिल्लीराज मरासिनी, नेकपा एमालेका जिल्ला सदस्य सिद्धिरचण भट्टराई, नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, राष्ट्रिय जनमुक्ति पार्टीका दल बहादुर विकरकट्टा, माओवादी केन्द्रका मोतीलाल ढकाल, राष्ट्रिय जनमोर्चाका हरि केसी, देवदह स्वास्थ्य चौकीक जयकिशन अधिकारी, नागरिक वडा मञ्चका श्याम न्यौपाने लगायतले छनोट योजनाहरु परिणाम मुखी हुनु पर्नेमा जोड दिएका थिए ।

प्रशासकीय अधिकृत गंगा प्रसाद पन्थीको स्वागत र विनोद ज्ञवालीको संचालनमा भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %