माओवादी भित्र आन्तरिक लोकतन्त्र नभए पार्टी फुटछ : डा. बाबुराम भट्टराई

Read Time:3 Minute, 17 Second

दोलखा, चैत्र १६

माओवादी उपाध्यक्ष बाबुराम भट्राईले पार्टीभित्र आन्तरिक जनवाद र लोकतान्त्रिक संस्कार कमजोर हुदै गएकाले शान्ति र संविधान जस्तो मुलभूत उपलब्धी गुम्ने खतरा रहेको बताएका छन् । हावा जान दिएन भने प्रेसरकुकर फुटेजस्तै पार्टीभित्र पनि विचारको बहस हुन दिएन भने पार्टी फुट्न सक्ने तर्फ उनले सचेत गराए ।

पार्टीभित्र विचारको बहस गर्न खोज्दा, छलफल गर्न खोज्दा आतङ्क सिर्जना गर्ने र पार्टी फुटाउने हल्ला गर्नेहरुले नै पार्टी फुटाउन खोजेका छन्, बुधवार चरिकोटमा सामुदायिक हाम्रो रेडियोको चौथो वार्षिकोत्सव एवं भवन उद्घाटन गर्दै उनले भने ।

आन्तरिक लोकतन्त्र नभएका पार्टीहरुले कसरी लोकतान्त्रिक संविधान बनाउन सक्छन् रुु आफ्नै पार्टीभित्रको आन्तरिक विवादतर्फ संकेत गर्दै डा।भट्टराईले भने । उनले आफ्नो विचार पार्टीभित्र निस्तेज पार्न खोजेको संकेत गर्दै भने(प्रेसर कुकुरमा भात पकाउँदा हावा जान पायो भने भात पनि पाक्छ, हावा पनि जान्छ । तर, हावा थुन्यो भने के हुन्छ रु पार्टीहरुको यस्तौ झगडाले  संविधान निर्माण हुन नसकी प्राप्त उपलब्धी गुम्ने खतरा स्पष्ट रुपमा देखिन थालेको छ ।

पार्टीहरुको सत्तामुखी फोहरी खेलले पनि मुलुक संकटपूर्ण अवस्थामा पुर्‍याएको टिप्पणी गर्दै भट्राईले संविधान बनाउन छाडेर दल र नेताहरु प्रधानमन्त्री बन्ने कुर्सीको खेलमा अलमलिरहेका छो । राणाकालका प्रधानमन्त्रीको लस्करमा एउटा फोटा थप्ने खेल छाडेर शान्ति र संविधानमा केन्द्रित हुनु जरुरी छु उनले भने ।

शान्ति र संविधान निर्माणका लागि माओवादीले अगुवाई गरिरहेको उल्लेख गर्दै त्यसमा शंका नगर्न आग्रह पनि गरे । पहिला संविधानसभा नचाहने तत्वहरु संविधान बनाउन नदिन अनेक षडयन्त्र गरिरहेको उल्लेख गर्दै भने(संविधानसभा माओवादीले जन्माएको बच्चा हो । अरु त सुडेनी मात्र हुन् । तर अहिले संविधान नचाहनेहरु हर्ताकर्ता भएकाले शिशु संविधानसभाको गला रेट्ने प्रयास भएको छ । जनताले खबरदारी गर्नुपर्छ । कार्यक्रममा माओवादी पोलिटब्यूरो सदस्य राम कार्कीले विचारको बहस हुन छाडे कम्युनिष्ट पार्टी नै नरहने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %