प्रदेश विभाजन प्रस्तावको विरुद्ध देवदह क्षेत्रमा आन्दोलनलाई शसक्त बनाउन निर्णय !

Read Time:2 Minute, 23 Second

गोविन्द घर्ती

देवदह, मंसीर १८ – पाच नंम्वर प्रदेश विभाजन प्रस्तावको विरुद्ध देवदह क्षेत्रमा आन्दोलनलाई शसक्त बनाउन निर्णय गरेको छ ।

नेकपा एमाले क्षेत्र नं १, रुपन्देहीको बैठकले उक्त कुरा निर्णय गरेको हो । बैठकले देशभक्र, राष्ट्रवादी शक्तिहरुलाई समेटेर क्षेत्रगत रुपले संयुक्त संघर्ष समिति निर्माण गरी आन्दोलनमा जाने निर्णय गरेको एमाले क्षेत्रीय कमिटीले जनाएको छ । त्यसैगरी बैठकले आन्दोलन अघि बढाउन जनपरिचालन कमिटी, संघसंस्था परिचालन कमिटी गठन गरेको सो पार्टीले जनाएको छ ।

बैठकमा बोल्दै नेकपा एमाले पाच नम्वर प्रदेश कमिटीका सदस्य डा. कृष्ण न्यौपानेले भारतीय डिजाईनमा प्रचण्ड र देउवा अघि बढेको बढेकोले नेपालको स्वाभिमानलाई जोगाउन डटेर प्रतिरोध गर्नुपर्ने बताउनु भयो । त्यसैगरी अगाडि बढेको आन्दोलनले राज्यलाई घुडा टेकाएर छाड्ने उहाले दावी गर्नु भयो । पार्टीका क्षेत्रीय कमिटीका अध्यक्ष निलकण्ठ पौडेलको अध्यक्षतामा भएको बैठकमा पुर्व क्षेत्रीय ईनचार्ज ध्रुवप्रसाद खरेल, जिल्ला सदस्य सिद्धिचरण भट्टराई, ऋषिराम सापकोटा, प्रकाश अर्याल, सञ्जय गुप्ता, वेद गिरी, नरसिंह चौधरी, यम राना, पुर्व जिल्ला सदस्य डोलराज चचापागाई, झिल्लुप्रसाद न्यौपाने, पुर्व जिल्ला सल्लाहकार उमापति पाण्डे, चक्रपाणी तिवारी, खेमराज आत्रे लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

देवदह नगर कमिटीका अध्यक्ष विद्यालक्ष्मी गुरुङ्गको संचालनमा भएको बैठकमा पार्टीका जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %