देव पचभैया

पाल्पा, मंशिर १७ – नेपाल आदिवासी जनजाति महासंघ पाल्पाले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावलाई सकारात्मक रुपमा लिदैँ समर्थन गरेको छ । महासंघले लामो समयदेखि राज्यको हरेक निकायमा समानुपातिक समावेसी प्रतिनिधित्व, पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको माग गर्दै आएको सन्दर्भमा प्रदेशमा जिल्ला हेरफेर सकारात्मक भएको बताएको छ ।
महासंघ पाल्पाका अध्यक्ष केहरसिं राना र सचिव रामबहादुर गरम्जाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आफ्ना मागहरु अझै अधुरो र अपुरो भएपनि संविधान संशोधनले केही मात्रामा मागहरु पुरा भएको उल्लेख गरिएको छ । विज्ञप्ती मार्फत महासंघले संघमा आवद्ध सम्पुर्ण जातिय संघ सस्था भेजा गुठी लगाएत आम आदीवासी जनजातिहरुलाई संबिधान संसोधन प्रस्तावलाई समर्थन गर्न अपिल गरेको छ ।
