२९ औं विश्व एड्स दिवस

Read Time:2 Minute, 36 Second

गोबिन्द घर्ती मगर

मंसीर १६ । २९ औं विश्व एड्स दिवस रुपन्देहीको देवदहमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा एड्स सम्वन्धी जनचेतना मुलक ¥याली सहित कोणसभा गरी मनाईएको हो । गाउ एड्स समन्वय समिति देवदह, देवदह स्वास्थ्य चौकी, देवदह मेडिकलकलेज, सघार समुह, आदर्श युवा क्लव, यूनाईटेड मिसन टु नेपाल, आदर्श युवा क्लव, एकता महिला समुह लगायतको संयुक्त आयोजनामा एड्स दिवस मनाईएको हो । नेपालमा मात्र २८ हजार ८ सय ६५ एच आईभि संक्रमित रहेको ए आर टि औषधी सेवन गरीरहेको देवदह स्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारीले जानकारी दिए ।
१९८८ देखि विश्व भर एड्स दिवस मनाउदै आईरहेको प्रमुख अधिकारीले जानकारी दिए । एक हजार चार सय ४६ जननाले देवदह मेडिकल कलेजको प्रागणबाट शुरु भएको चेतना मुलक ¥याली विभिन्न ठाउमा परिक्रममा गरी भलुही चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले एच आई भि एड्स न्यूनिकरण गर्न सचेतना मुलक कार्यक्रमलाई गाउ स्तर सम्म पु¥याउनु पर्नेमा जोड दिएका थिए ।
उनीहरुले असुरक्षित यौन क्रियाकलापका कारण एच आई भि एड्सको संक्रमण बढ्ने भएकोले त्यस सम्वन्धी युवा अवस्था देखि नै सचेतना गराउनु पर्नेमा जोड दिएका थिए । कोणसभामा नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्क बहादुर विक, देवदह एड्स समन्वय समितिका सदस्य हरी केसी, समाजसेवी रुका सापकोटा, विद्यार्थी सदिसा न्यौपाने, एकता आमा समुहका गोमा नेपाल, आदर्श युवा क्लवका श्याम थापा लगायतले आ–आफना भनाई राखेका थिए । देवदह स्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारीको संचालनमा भएको कार्यक्रममा विभिन्न आमा समुहका प्रतिनिधि, क्लवका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %