काठमाडौ , चैत्र १६
जनगणनाका बेला आदिवासीको तथ्यांक गलत रुपले संकलन हुँदै आएको बताउदै नेपाल आदिवासी जनजाति महासंघले सोमबार केन्द्रिय तथ्यांक विभाग अगाडि धर्ना दिएको छ ।
विभागले आगामी असारदेखि एघारौ जनगणना सुरु गर्न लागेको वेला पुरानो गल्ती नदोहो¥याउन आदिवासी जनजातिले सचेत गराएका हुन् ।
महासंघका अध्यक्ष राजकुमारी लेखी थारुको नेतृत्वमा एक घन्टा धर्ना दिएपछि समूहले महानिर्देशक उत्तमनारायण मल्ल तथा उपमहानिर्देशक विकास विष्टलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।
महासंघ टोलीले सोमबारै सभामुख सुवाचन्द्र नेम्वाङ र संवैधानिक समितिका संयोजक निलाम्वर आचार्यलाई समेत भेटेर आफ्नो सरोकार अवगत गराएका थिए ।
जनगणनामा आदिवासीको सही तथ्यांक ल्याउन जनजाति महासंघको माग
Read Time:1 Minute, 6 Second
