गोविन्द घर्ती
देवदह, मंसीर १४ – देवदह व्यापार संघको आयोजनामा छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघले तेश्रो राष्ट्रिय देवदह औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७३ को वारेमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरेको हो । छलफलले देवदह क्षेत्रमा क्रियाशिल विभिन्न व्यापारी संघसंस्थाहरुले आलोपालो गरी महोत्सव गर्ने वारेमा छलफल अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा बोल्ने वक्ताहरुले महोत्सवको वारेमा लाग्दै आएको राजनैतिक आक्षेपलाई चिरको लागि पनि एकतावद्ध भएर अगाढि बढ्नु पर्ने बताएका थिए ।
संयुक्त रुपमा ३ वटै संस्थाको आयोजनामा गर्न सकिएमा राजनैतिक आक्षेपको अन्त्य हुने बताउदै त्यसको लागि व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गले समन्वय गर्ने निर्णय गरेको छ । त्यसैगरी देवदह डेभलोपमेण्ट सोसाईटीले देवदह व्यापार संघलाई बुझाएको देवदह महोत्सव तेश्रो नभई पाचौ हुने पर्ने पत्रमाथि थप छलफल गरी निष्कर्षमा पुग्ने निर्णय गरेको छ ।
देवदह व्यापार संघको आयोजनामा आगामी माघ १३ गते देखि २४ गते सम्म तेश्रो राष्ट्रिय देवदह औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७३ गर्न लागिरहेको छ । देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको छलफल कार्यक्रममा देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकाल, उद्योग व्यापार संगठनका बरिष्ठ उपाध्यक्ष गणेश खाती, संघका सल्लाहकार यम राना, रेडियो देवदहका गोविन्द घर्ती, संघका सचिव राजेश पाण्डे लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
संघका उपाध्यक्ष दिपक चापागाईको स्वागत र महासचिव माधव ढकालको संचालनमा छलफल सम्पन्न भएको थियो ।
