गोविन्द घर्ती
देवदह, मंसीर १४ – राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको नगरपालिकाको मापदण्ड कम भएपछि देवदह नगपालिकाले सिक्टहन र छोटकीरामनगरलाई समेटेर नगरपालिका बनाउनको लागि अनुरोध पत्र आयोगमा पेश गरेको छ ।
राज्य पुनःसंरचना प्राविधिक समिति रुपन्देहीले १६ वटा ईकाई सहितको प्रस्ताव आयोगमा पठाएको थियो । देवदह नगरपालिकामा अन्य आधारहरु पुरा भएपनि जनसंख्याको आधार भने कम भएको थियो । देवदह नगरपालिका सहित सिक्टहन तथा छोटकीरामगर गाविसमा सर्वदलिय बैठकले निर्णय गरेर अनुरोध पत्र आयोगमा पेश गरेको हो । उक्त प्रस्ताव तयार गर्नका लागि ३ वटै ईकाईका राजनैतिक दलहरुको पटक/पटक भएको छलफल तथा बैठकले एउटै कलष्ट निर्माण गर्न निर्णय गरेको थियो ।
उक्त बैठकमा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले आ–आफना धारणा राखेपछि एउटै निष्कर्ष निकालिएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नमराज पुरीले बताउनु भयो। नगरपालिकाको सिफारिस सहित दलहरुले तयार गरेको मागपत्र गाउपालिका, नगरपालिका तथा विशेष संरक्षीत स्वायत्त क्षेत्रको संख्या सिमाना निर्माण आयोगमा बुझाएको हो । सर्वदलिय बैठक पछि नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्यद्धय सिद्धिचरण भट्टराई, ऋषिराम सापकोटालाई आयोगमा जाने निर्णय गरेको थियो ।
