देब पचभैया
दोसीमाथि कारवाहीको माग गर्दे दिन दिनै आन्दोलन
पाल्पा, मंशिर १२ – हेक्लाङ ६ पाल्पाकी २४ बर्षिया विनु थापाको रहस्यमय मृत्युलाई लिएर उहाका परिवार र छिमेकीले आईतबार जिल्ला प्रसासन कार्यालय पाल्पामा धर्ना दिएका छन् । 
धर्ना र नाराजुलुसका क्रममा भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्ज बाट ५ जना आन्दोलन कारी घाईते भएका छन् । हत्यारालाई कारवाही गर, हत्या गर्न बाध्य पार्नेलाई कारवाही गर, हत्याराको राजनैतिक संरक्षण बन्द गर जस्ता पेलेकार्ड बोकेर नगरका केही भाग परिक्रमा गरी प्रसासन गेटमा पुगेका विनुका आफन्त र छिमेकीहरुले प्रबेस गेटभित्र छिर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।
घटनामा संलग्न माथि किटानी जाहेर दिएको हप्ता दिन पुग्दा पनि दोसीलाई पक्राउ गर्न नसकेको भन्दै विनुका आमा वा सहित आफन्त र छिमेकीले प्रसासनमा धर्ना दिएका हुन् । संयुतm बिधार्थी संगठनले समेत विनु काण्डमा संलग्नलाई तत्काल पक्राउ गरी दोशीलाई कारवाही गर्न माग गर्दे आईतवार जिल्लाका सम्पुर्ण सैक्षिक सस्था बन्द गराएको थियो ।
घटनामा संलग्न भनिएका विनुका फरार श्रीमान् दिपेन्द्रको खोजी भैरहेको प्रहरीले जनाएको छ । दिपेन्द्रका वा आमा प्रहरी नियन्त्रणमा छन् । देसैभर महिला हिंसा बिरुद्धको अभियान चलिरहेको बेला घरेलु हिंसाकै कारण पाल्पामा विनुले ज्यान गुमाएको भन्दै महिला अधिकार कर्मीहरुले पनि १६ दिने अभियानलाई विनु घटना सार्वजनिक गर्न र दोसीलाई कारवाही गर्न माग गर्दै आन्दोलनलाई केन्द्रित गरेका छन् ।
तॉहु ७ फुरुङ्गदी पाल्पाका २७ बर्षिय दिपेन्द्र बस्याल संग ४ बर्ष पहिले विनुको बिहे भएको थियो । श्रीमान् संगै बसेकी बिनु दशै देखि सम्पर्क विहिन भएपछि उहाका माईतीले खोजविनका लागी प्रहरीमा निवेदन दिएका थिए । छोरी हराएको महिनौ दिन भएको र खाजिविनका लागी विनुका बावु नर बहादुरले प्रहरीमा उजुरी दिएकै दिन दिपेन्द्र गएको सोमवार देखि अर्के केटी लिएर फरार रहेको बताईएको छ ।
डेढ महिना अघि बेपत्ता बिनु थापा मगरको शव पहिचान गरी उनको हत्या भएको भन्दै माईतीले विनुका श्रीमान् दिपेन्द्र बस्याल , उनका बुवा लक्ष्मण र आमा पार्वती विरुद्ध प्रहरी समक्ष किटानी जाहेरी दिएका हुन् । गएको कार्तिक ५ गते हुंगी १ असर्दी निरको कालीनदीको किनारमा भेटिएको बेवारिसे शव विनुको भएको वुवा,भाई र आफन्त्ले पहिचान गरेपछि राम्दीघाटमा गाडिएको शव बिहिवार बेलुकी नै उत्खनन् गरेर आफन्तले अन्त्येष्टी गरेका हुन् ।
बेवारिसे भेटिएको शव पहिचान नभएपछि प्रहरीको अनुरोधमा तानसेन नगरपालीकाका कर्मचारीले गएको कार्तिक ८ गते राम्दीघाटमा लगेर शव गाडेका थिए । प्रहरी, जिल्ला अस्पतालका कर्मचारी, बिनुका आफन्त, पत्रकार लगाएतको टोली घाट पुगेर शवको उत्खनन् गरेका थिए । शवको डि.एन्. ए परिक्षणको लागी आवश्यक प्रमाण लिएर प्रहरीले अन्त्येष्टीका लागी आफन्तलाई शव हस्तान्तरण गरेको थियो ।
