संगिनी महिला बचत तथा ऋण सहकारी संस्थाकोचौथो बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न !

Read Time:2 Minute, 18 Second

गोविन्द घर्ती

देवदह, मंसीर १२ – संगिनी महिला बचत तथा ऋण सहकारी संस्था देवदह–७, को चौथो बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मिना न्यौपानेको अध्यक्षता र नेपाल अविनास सामाजिक सेवा संस्था देवदहका अध्यक्ष खड्कबहादुर विकको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि विकले सहकारीहरु गरिवी न्यूनिकरण गर्न तर्फ लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले शेयर सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्न सहकारीहरु लाग्नु पर्ने बताउदै शेयर सदस्यहरुलाई उत्पादन क्षेत्रमा अग्रुसर गराउनु पर्नेमा जोड दिनु भयो ।

उहाले सहकारीका शेयर सदस्यहरुले सहकारीबाट ऋण लिएर घर खर्च गर्ने भन्दा पनि उत्पादन र व्यवसायीक बन्नको लागि ऋण लिनु पर्ने बताउनु भयो । कार्यक्रममा गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, निर्माण सहकारीका अमृत फुलेल, निरन्तर महिला बचतका शर्मिला पन्थ, चेली कृषि सहकारीका सावित्री वस्याल, रेडियो देवदहका रमेश पोखरेल, शिवालय सामुदायिक वनका दामोडर क्षेत्री, नासोका कार्यक्रम अधिकृत विनोद खाती, गीता जिसी, लक्ष्मी पौडेल, विष्णु धमेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट बचत कर्ता, मासिक बचत, असल ऋषिलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष न्यौपानेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

व्यवस्थापक सुविस्ता वस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %